११ बैशाख २०७३, शनिबार

भक्तपुर ।

नेपालमा विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भुकम्पमा परेर करिब ९ हजारले ज्यान गुमाए । २२ हजारभन्दा बढी घाइते भए । भूकम्पबाट १४ जिल्लामा पुर्ण क्षेती र २२ जिल्लामा आंशिक क्षेति पुगेको छ । भूकम्पबाट ७ सय खर्बको क्षेती भएको अनुमान भएको छ ।भूकम्पले १० लाख घरमा क्षेति भएकोमा ६ लाख घरपरिवारको घर विहिन हुन पुगेको गृह मन्त्रालयको तथ्याङ छ ।

13090803_981767551913716_2133302601_o

२०७१ मंसिर २९ मा जन्मेका भक्तपुर मूलढोका सोनिस अवाल । भूकम्पमा परी २२ घन्टासम्म केही नखाई भूकम्पको संरचनाभित्र बाँचेका भाग्यमानी अवाल अहिले १७ महिना पुगेका छन् । भूकम्प आउदाँ घरको कोठामा सुताएर आमा रश्मिता अवाल पसलमा गएकी थिईन् । भूकम्प आएसंगै घर भत्केर सोनिसलाई त्यहीं घरमा परियो । सोनिसका आमा र बुबा र आफन्तहरु समेतले माया मारे सकेका थिए उनलाई ।

नौ वर्षकी सोनिया र चार महिनाका सोनिस भग्नावशेषमा पुरिए। दुई घन्टापछि सोनियालाई स्थानियहरुले जिवितैे उद्धार गरेका थिए ।सुरक्षाकर्मीले पटकपटक गरेर भूकम्पले भत्काएको घरको भग्नावशेष पन्छाउँदा पनि सोनिस नभेटिएपछि सोनियालाई मात्रै होइन, आमा रमिला र बुवा श्यामको पनि हंशले ठाउँ छोडिसकेको थियो। सुरक्षाकर्मीसमेत घन्टौं खोन्दा पनि सोनिस नभेटिँदा हरेश खान्थे। उद्धारमा खटिएका नेपाली सेनाका क्यापटेन दिपक राई सहितको टोलीले ल अब सोनिस भेटिँदैन्न, बाँच्ने सम्भावना पनि छैन’ पटकपटक भन्दै उद्धार राकेका थिए ।

पछिल्लो पटक काम रोकेर अघि बढ्न नपाउँदै सोनिस रोएको आवास सुनिएको थियो । रोएको सुनेपछि सेनाको त्यो टोलीले’यिनले त हामीलाई नछाड्ने भए, बोलाएको बोलाएकै छन्’ भन्दै फेरि उद्धारमा खटिका थिए । यसरी ४ घन्टाको प्रयासपछि सोनिस भेटिए, धुलाम्मे र बायाँ तिघ्रामा घाउ भएको अवस्थामा वाहिर निकालेका थिए । तर २२ घन्टापछि मात्रै भग्नावशेषभित्र पुरिएका सोनिसलाई नेपाली सेना र स्थानियले जीवितै उद्धार गर्न सफल भएका थिए । अवाल परिवारको खुसीमा विश्व नै चकित भयो। उद्धार गरेर बाहिर सकुशल निकालेको तस्विरले भूकम्पभरि मात्र होइन, वर्षभर नै राष्ट्रिय स्थरमा मात्र नभई अन्तराष्ट्रिय मिडियामा समेत सर्वाधिक चासोका साथ छापेका थिए ।

13081682_981767561913715_810502876_n

भूकम्पका कारण भग्नावशेषमा पुरिएर जिवितै उद्धार  धेरैलाई गरेको समाचारहरू बाहिर आयो । तर भक्तपुर मूलढोका श्याम अवाल(३९ बर्ष ) र रश्मिला अवाल (३६ बर्ष )का दोस्रो सन्तान छोरा सोनिसको तस्विर मात्रै हाईन नाम समेत धेरै चर्चा भयो । संसारभरी नै त्यही नाबालक सानिसको वृत्तान्तले तमाम दुःख र भयबीच पनि आशाको तरंग सृजना ग¥र्यो । भूकम्पले परेको पिडाहरुलाई भुलाउने संयोगको रुपमा सोनिसका तस्बिरले नेपालीहरु सामाजिक सञ्जाल मात्रै होईन देशविदेशका अनेकौँ सञ्चारमाध्यमले उच्च प्रथाकिता साथ हरेको थियो ।

तर, गुमाएको छोरा पाउदा खुसी भएपनि घर भत्काएको अर्को पीडाले अवाल परिबारलाई आजसम्म रातदिन पिरोलिरहेन्छ । भूकम्प गएको एक बर्ष बित्यो तर उनीहरु जस्ता पीडितहरुलाई सरकारले भूकम्प पीडितको परिचयपत्र दिन सकेको छैन्न् । भूकम्प गएसंगै पीडितको नाम सरकारलाई विदेशीले अरबै आएको छ तर सरकारबाट एक माना चामल समेत पाउन सकेका छैन्न् अवाल परिवारले । सरकारी राहतको खोजीमा ढोका चाल्दाचल्दै एक बर्ष भयो तर कोही कसैले अवाल परिबारलाई हेरेनन् । विभिन्न संघसस्थाहरु अवाल परिवारलाई सहयोगका लागी भन्दै आएपनि राहत कतैबाट पाएन्न् ।

सरकारले भूकम्पपीडित परिचयपत्रका आधारमा प्रत्येक परिवारलाई पहिलो चरणमा २—२ हजार बाँड्यो ,अस्थाई आबासका लागी भनेर १५–१५ हजार बाँड्यो । जाडोमा न्यानो कपडाका लागी राहत भन्दै १०–१० हजार बाँड्यो तर अवाल परिवारले कुनै राहत वापतको रकम पाउँन सकेन्न् ।

तर, भूकम्पपीडितको परिचयपत्र नभएकाले अवाल परिवारले राहत पाएन ।‘भूकम्प गएको एक बितिसक्यो । तर, हामीसँग परिचयपत्र छैन । परिचयपत्र भएकालाई मात्रै राहत दिने रहेछ। हामीसँग नभएकाले पाएनौँ । वास्तविक पीडितले नपाउँदा साह्रै दुःख लागेको छ,’ रश्मिलाले दुखेसो पोखिन् ।्

13046215_981767538580384_599443019_n

‘हामी जस्ता गरिब परिबारलाई सरकारले हेनुपर्ने हो ,खै आजसम्म हेरेको छैन्न् । विहान बेलुका छाक टार्न समेत धाउधाउ छ कसरी बनाउनु घर? ।उनीले भनिन् ।’ भूकम्प गएको एक बर्ष भयो तर विदेशीले धेरै सहयोग गरेको छ भन्ने सुनिन्छ तर हामी जस्तालाई ‘सरकारले हेर्दैन्न आजसम्म सरकारले केही गरिदेला भन्ने आशमै बसेका छौं , रश्मिलाले भनिन्,‘सरकारले बर्खा अगाडी केही गर्ला जस्तो लागेको थियो तर आजसम्म केही राहत त पाएको छैन्न् ,कसरी बनाईदेला घर ।’

‘गरिब छौं घर बनाउने जग्गा समेत छैन्न् । सरकारले घर बनाइदिए हुन्थ्यो जस्तो लाग्छ तर बनाईदिदैन्न् सहयोग गछौं भनेर धेरै आउछन् तर केही नगरी फर्किन्छन,रश्मिलाले भनिन ।’

तर अवाल परिवार सम्पतिको नाम भएको घर समेत चार दाजुभाईको संयुक्त रुपमा बस्दै आएको थिए । घर भत्किएको लालपुर्जा समेत उनीहरुसंगै छैन्न् । सरकारी राहत समेत लालपुर्जाको आधारमा सरकारले दिएकाले उनीहरुले सरकारी कुनै राहत पाउन सकेको छैन।  रश्मिताले भनिन् ‘भूकम्पले घर ध्वस्तै भयो। बनाउन पैसा छैन। डेरामा छौँ । तर, खर्च कसरी चलाउने ? भूकम्पपीडितका नाममा सबैले राहत पाए । तर, हामीले पाएनौँ ।’

सरकारले लालपुर्जाकै आधारमा भूकम्पपीडित परिचयपत्र दिने गरेको छ। लालपुर्जा नभएपछि उनीहरूको घर थियो भन्ने नै प्रमाण जुटेन । घर थियो भन्ने प्रमाण नभएपछि भत्कियो भनेर राहत दिन नमिल्ने स्थानीय प्रशासनको जिकिर छ । यत्रो प्राकृतिक विपत्तिमा परेको परिवारको घर भत्किएको देख्दादेख्दै पनि सरकारले लालपुर्जालाई मात्र आधार बनाउन खोजेको छ । ‘लालपुर्जा भएकालाई मात्रै परिचयपत्र दिने रहेछ । हामीसँग पुर्जा नै छैन । पुस्तौँ बित्यो यही ठाउँमा बसेको । तर, बाउबाजे कसैले पनि पुर्जा बनाएका थिएनन् । त्यसको मारमा हामी प¥यौँ । अब के गर्ने केही थाहा छैन,’ रश्मिलाले भनिन् ।

रश्मिलना आक्रोस पोख्दै भनिन् ,‘ सोनिसलाई सहयोग गछौं भनेर धेरै आए तर फोटो खिचेर संसारभरी बचे आखिर आज मैले के पाएँ? कोहीले सहयोग गर्ने वचन गरेर गए तर आजसम्म फर्के आएन्न ।’

सोनिया अवाल (१०बर्ष) भक्तपुरको देकोचास्थित हिमालयन इङ्लिस स्कुलमा कक्षा ५ मा पढ्छिन् । अवाल परिबार भक्तपुर मूलढोकामा अस्थाई शिविरमा ३ महिना बसेको थिए ।

पछिल्लो ९ महिना देखी ब्यासीको भक्तपुर ब्यासीको महाकालीस्थान देकोजमा रहेको खोपा कलेजको पछाडीको घरको दोस्रो तलाको एउटा कोठामा बस्दै आएका छन् । पेशाले श्याम ट्रकड्राइभरको काम गर्छन् भने रश्मिला छोराछोरीलाई हेरचाह गर्न काम गछिन् ।

LIVE TV