१० बैशाख २०७३, शुक्रबार

हाम्रो देशमा पछिल्लो समय फिल्हरु रीलिजको लागि राम्रै प्रतिस्पर्धा हुने गरेका छन् ।कुनै साता पनि फिल्म रीलिज बाट खालि छैनन अझ भन्नु पर्दा हरेक साता दुइ दुइ वटा स्वदेशी फिल्महरुनै भिडि रहेका छन ।त्यसमा पनि अझ बलिउड र हलिउड फिल्म पनि प्रतिस्पर्धामा थपिने गरेका छन । यो साता पनि दुई फिल्म हाउफन्नी र बाटो मुनीको फुल २ रीलीजमा आएका छन् ।

sara

यि दुइ फिल्म रीलिजमा आएको एक साता पनि बित्न नपाउदै अन्य दुई फिल्महरु हलमा लाग्ने पक्का भईसकेका छन् ।त्यसैले यो साता रीलिजमा आएका फिल्मलाइ दर्शकले गर्ने रेस्पोन्स अन्ुसार अर्को साता रीलिजमा आउने फिल्महरुले पाउने हलको संख्या निर्धारण हुने देखीएको छ ।यो साता रीलिजमा आएका फिल्मलाइ दर्शकले राम्रो रेस्पोन्स गरे भने अर्को साता रीलिजमा आउने फिल्मले कम हल पाउने र यो सातामा रीलिजमा आएका फिल्महरुले दर्शकलाइ तान्न सकेनन भने अर्को साता रीलिजमा आउने फिल्मले बडिहल पाउने सम्भाबना देखीन्छ ।

afaefwe
बाजिगर र जंगेले अर्को साता पाउने हल निर्धारण यो साताका फिल्म बाटो मुनिको फुल २ र हाउफन्नीको बिजनेशले केही हद सम्म प्रभाबित गर्ने छ ।अझ अर्को साता देखी रीलिजमा आउन लागेको टाइगर श्रफ अभिनित फिल्म बागि मल्टीप्लेक्सका केही थियटरमा कब्जा जमाउने पनि निस्चीत जस्तै छ ।
यि र यस्ता फिल्मी प्रतिस्पर्धा हाम्रो इन्डष्ट्रीको लागि पनि नौलो छइनन त्यही भयर फिल्म मेकर हरु जस्तै परीस्थीतिको सामना गर्न पनि तयार भएको देखीन्छ । हाम्रा बाजिगर र जंगेका निर्माताहरु पनि यो परीस्थीतिलाइ स्वभाबिक रुपमा लिदै अगाडि बडि रहेका छन । यी दुवै फिल्मले आ आफ्नो पब्लिसिटिलाई आफ्नै तरीकाले अघाडि बढाईराखेका छन् ।
फिल्म बाजीगरलाई शेखर कोईरालाले निर्माण गरेका हुन् । त्यस्तै रञ्जीत राणा मगरले फिल्मलाई निर्देशन गरेका छन् । बाजिगर फिल्ममा निर्माता शेखर कोईरालाको छोरा सञ्जोग कोईराला पनि फिल्ममा मुख्य भुमिकामा रहेका छन् ।
फिल्म द शोविज प्रोडक्शन्को ब्यानरमा निर्माण भएको छ । फिल्ममा संगीत बसन्त सापकोटाको रहेको छ । फिल्ममा जीवन लुईटेल,अनु शाह, सञ्जोग कोईराला लगाएत कलाकारहरुले अभिनय गरेका छन् । फिल्ममा कबिराज गहतराजले नृत्य निर्देशन गरेका छन् । पछिल्लो समयमा सेलायर बसेका नायक जीवन लुईटेल पनि फिल्म बाजीगर बाट दमदार रुपमा फिल्म क्षेत्रनै पहिलो रोजाई भएको भन्दै प्रस्तुत भएका छन् ।

Baazigar-Jiwan-Luitel-New-Nepali-Movie
सुरज सिंह ठकुरीको पुर्ण एक्सन प्रदान फिल्म जंगे पनि बैशाख १७ मा नै दर्शक माझ प्रदर्शनमा आउँदैछ । पुरै ए्रकसन जन्र्मा राखिएको फिल्म जंगेलाई सुसन प्रजापतिले निर्माण गरेका हुन् । त्यस्तै फिल्मलाइ उत्कल थापाले निर्देशन गरेका हुन् ।
फिल्मको सम्पादन उज्वल ढकालले गरेका छन् । राजेन्द्र राज बहकले नृत्य निर्देशन गरेका छन् । त्यस्तै अलमोडा उप्रेतिको संगीत रहेको छ ।
फिल्ममा सुरज सिंह ठकुरी,ऋचा शर्मा,शिखा शाही,अनुप बराल, सुशिल राज पाण्डे,नाजीर हुसेन, जोयस पाण्डे, प्रताप ढकाल, सुसाङक मैनाली,दृश्य सुबेदी लगाएत कलाकारहरुको अभिनय रहेको छ । फिल्म जंगेलाई गोबिन्द शाहीले बितरण गर्नेछन् । केहि दिन अघि सार्वजनीक गरीएको जंगेको ओएसटि पनि निकै दर्शकहरुले रुचाएका छन् ।

80555junge-nepali-movie-poster

LIVE TV