१० बैशाख २०७३, शुक्रबार

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सदस्यहरुले महङ्गी, कालोबजारी र ग्याँस आपर्तिमा देखिएको अवरोध रोक्न सरकार असफल भएको आरोप लगाएका छन् ।

ass

समितिको शुक्रवार बसेको बैठकमा धारणा राख्ने अधिकांश समिति सदस्यहरुले विश्वकै गरिव देशका जनताले विश्वमै अति महङ्गी र कालोबजारी समस्याको सामना गर्न परिरहेको जिकिर गरेका छन् ।

जनताका महङ्गी र कालोबजारीले आक्रान्त हुँदा पनि सरकार त्यसलाई रोक्न भन्दा पनि प्रोत्साहन गर्न लागिपरिरहेको उनीहरुले आरोप लगाएका छन् । यस्तै ग्याँसको आपूर्तिमा देखिएको समस्या अझै हल हुन नसक्नु दुखद भएको भन्दै बाणिन्य मन्त्रालय रमिते मात्र बनेको आरोप लगाएका छन् ।

बैठकमा समिति सदस्यहरुले ग्याँस कालोबजारी रोक्न सरकारलाई दवाव दिदै समिति कडारुपमा प्रस्तुत हुनुपर्नेमा प्रभावहीन बन्दै गएको गुनासो गरेका थिए ।

LIVE TV