१० बैशाख २०७३, शुक्रबार

पुनर्निमाण प्राधिकरणका प्रवक्ता राम प्रसाद थपलियाले तीन वर्षभित्रमा भूकम्प प्रभावित क्षेत्रका जनताको आवास निर्माण गरिसक्ने दावी गर्नुभएको छ ।

aayog

शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा प्रवक्ता थपलियाले भूकम्प पछिको दाता सम्मेलनमा ४ दशमलव एक विलियन डलर सहयोगको प्रतिवद्धता प्राप्त भएको र त्यस्को आधा रकम अनुदान सम्झौता समेत भइसकेको जानकारी दिनुभयो ।

प्राधिकरण गठन भएपछि विभिन्न कानून निर्माण हुनु र हजारौको संख्यामा दक्ष जनशक्ति प्रभावित क्षेत्रमा पठाउनु उपलव्धि भएको प्राधिकरको ठम्याई रहेको छ ।

LIVE TV