१० बैशाख २०७३, शुक्रबार

दोलखामा ९ दिनसम्म परम्परागत रुपमा मनाइने रातो मछिन्द्रनाथ रथजात्रा शुक्रवार प्रारम्भ भएको छ । यो जात्रामा करुणा, लोककल्याणकारी र सहकालको देवता मछिन्द्रनाथको स्थानीय महिलाहरु दिनभर निराहार बसी पूजा गर्ने गर्दछन् ।

rato

चैत पूर्णिमाको दिन रातो मछिन्द्रनाथलाई गुरुजुंले पानी र दुधले महास्नान गरी पुजा गरेर भोलिपल्ट डोकलुंगाटोलबाट बाजागाजा सहित पिङगलमा निर्माण गरिएको रथमा विधिपुर्वक विराजमान गराई द्धितीया देखि रथ तान्न सुरु गर्ने परम्परा छ ।

पहिलो दिन पिङगलटोलबाट नकछेंटोल, नकछेंटोलबाट कोर्छेटोल, कोर्छेटोलबाट टसिचाटोल, टसिचाटोलबाट माथिल्लो बुद्धस्तुपा, बुद्धस्तुपाबाट दुंगलटोल, दुंगलटोलबाट पिङगलटोलमा रथ पु¥याइ रथजात्रा सम्पन्न हुन्छ । टसिचाटोलबाट माथिल्लो बुद्धस्तुपा सम्मको रथयात्रा ४५ डिग्री उकालोमा तान्नुपर्ने भएकोले कठिन तथा रमाइलो हुने गर्दछ ।

यो दिन रथयात्रा मध्यकै रमणीय हुने भएकोले उपत्यका लगायत विभिन्न स्थानबाट दशनार्थीहरुको भिड लाग्ने गर्दछ ।

त्यस्तै भोलिपल्ट त्यही आरालो बाटो हुदैे रथलाई दुंगलटोल पु¥याइन्छ । त्यसको भोलिपल्ट पुनः पिंगलमा विश्राम गराईन्छ र त्यसपछि रथबाट रातो मछिन्द्रनाथलाई निकाली विधिपूर्व पूजा गरेर दोलखाको मुलबाटो हुदै मन्दिरमा पु¥याई जात्रा सम्पन्न गर्ने गरिन्छ ।

 

 

 

 

 

 

 

LIVE TV