१० बैशाख २०७३, शुक्रबार

गते बैशाख १२ गतेको भूकम्पले पु¥याएको क्षति र त्यसपछिको पुनः निर्माण योजनाबारे अन्तर्राष्ट्रिय सम्मेलन भक्तपुरमा हुने भएको छ । ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गलले यही बैशाख १२ गतेदेखि १४ गतेसम्म ख्वप इन्जिनियरिङ्ग कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।

press-meet-photo

पुनः निर्माणबारे सर्वसाधारण जनतालाई सचेत र शिक्षित पार्ने उदेश्यले आयोजना गर्न लागेको सम्मेलनमा नेपाल लगायत १५ देशको सहभागिता रहने जानकारी दिइएको छ । सम्मेलनमा नेपाल, चीन, डेनमार्क, ईजिप्ट, इथियोपिया, जर्मन, चेक रिपब्लिक, भारत, आईरल्याण्ड, ईटाली, जापान, मेक्सिको, पोल्याण्ड, स्विजरल्याण्ड, अमेरिकाका प्राध्यापक र शोधकर्ताहरुले ६२ वटा शोधपत्रहरु प्रस्तुत गर्ने भएका छन् ।

भक्तपुर पुनःनिर्माण अध्ययन समितिद्धारा तयार गरिएको शोधपत्रको प्रस्तुति समेत रहने सम्मेलनमा २४० जनाको सहभागिता रहने छ । तीन दिनसम्म चल्ने सम्मेलनमा भूकम्पले पारेको प्रभाव र पुनः निर्माणमा भूकम्प प्रतिरोधि संरचना कसरी निर्माण गर्ने भन्नेबारेमा छलफल गरि घोषणा पत्र जारी गरिने आयोजकले जनाएको छ ।

 

LIVE TV