१० बैशाख २०७३, शुक्रबार

आगामी आइतबारदेखि रानीपोखरीको पुनःनिर्माणको काम सुरु हुने भएको छ । गतबर्ष वैशाखमा गएको भूकम्पका कारण पोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरको समेत पूर्णरुपमा क्षति भएको थियो । काठमाडौँ महानगरपालिकाका अनुसार रानीपोखरी स्थापनाको झन्डै ३ सय ५० वर्षपछि काठमाडाँै महानगरपालिकाले मन्दिरसँगै रानीपोखरीलाई सुन्दर बनाउन लागेको हो ।

ranipokhari

यस अभियानअन्तर्गत लामो समयसम्म सफा हुन नसकेको रानीपोखरीमा रहेको हिलो फाल्ने काम पनि गर्ने योजना रहेको महानगरपालिकाले जनाएको छ । रानीपोखरी पुनःनिर्माणका लागि १२ करोडको बजेट विनियोजन गरिएको छ । गत माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुगेर पुनःनिर्माण अभियानको थालनी गर्नुभएको थियो । रानीपोखरीको नाममा झन्डै ६० रोपनी जग्गा रहेको छ ।

साठी रोपनी जग्गामध्ये ४० रोपनी पोखरीले ओगटेको छ । पोखरीको नाममा रहेको सबै स्थानमा सौन्दर्यकरण गरिने महानगरपालिकाको योजना रहेको छ । निर्माण सुरु गरेको ६ महिनामा सम्पूर्ण काम सम्पन्न गरी प्रयोगमा ल्याइने बताइएको छ ।

LIVE TV