१० बैशाख २०७३, शुक्रबार

“महिला भएर यस्तो काम गर्न गाह्रो हुँदैन रु” चर्को घामको पर्वाह नगरी सडक विस्तारमा व्यस्त प्राप्चा गाविसकी शम्भुकुमारी सार्कीको जवाफ छ – “आफ्नै गाउँको बाटो हो । हामी पुरुष र महिला सबैै मिलेर बनाउन लागेका छौँ ।”

sa

पहिरोले ल्याएका ठूल्ठूला ढुङ्गा फोर्ने र ढुङ्गा बोक्ने काममा पनि पुरुष जत्तिकै सक्रिय शम्भुकुमारीको अर्को पनि बाध्यता छ । भूकम्पले घर भत्किएको छ । खेतीपातीले मात्र खान पुग्दैन । गाउँमा बाटो बनाउने परियोजनामा उपभोक्ता समितिसँग मिलेर काम गर्दा सन्तोषजनक पारिश्रमिक पनि मिल्ने गरेको छ । त्यसैले उहाँ भन्नुहुन्छ – “पाएको काम नपाएर के गर्नु रु खानु पनि त प¥यो नि १”

शम्भुकुमारीले झैँ सडक विस्तारको काममा जुटिरहनुभएको श्रीचौर निवासी हिसिला शेर्पा महिलालाई यस्तो काम गर्न केही असहजता भए पनि गाह्रो नहुने, काम गर्ने सबैले बराबरी पैसा बाँडेर लिने भएकाले यसमा खट्नुको बेग्लै उत्साह रहेको बताउनुहुन्छ ।

प्रौढ महिलामात्र होइन विद्यालय उमेरका महिला पनि यो काममा खटिएका देखिन्छन् । कक्षा ५ मै पढाइ छाडेर सडक विस्तारमा होमिएकी श्रीचौरकी १९ वर्षीया डोमा शेर्पा पैसा कमाउन काममा आएको बताउनुहुन्छ । पढाइ किन छाडेको त रु भन्ने प्रश्नमा डोमाको भनाइ छ – “काम नगरी खान नपाइने भयो । पढ्न गए काम छुट्ने भयो ।”

गरिब, विपन्न र सीमान्तकृत समुदायसमेत रहेका प्राप्चा, श्रीपुर र हर्कपुरलगायत गाउँका बासिन्दा समूह समूहमा बाँडिएर जिल्लाको रामपुरदेखि खिजी फलाटेसम्म जोड्ने सो हर्कपुर–प्राप्चा–श्रीचौर सडक विस्तार र स्तरोन्नतिमा लागेका छन् । जिल्ला सदरमुकाम ओखढुङ्गाबाट खिजी फलाटेसम्म कुल ६७ किमीको सो बाटोअन्तर्गत ४४ किमीको रामपुर–खिजी फलाटेखण्डमा जनश्रमदानबाट नमुनाका रुपमा सडक विस्तार कार्य जारी छ । गत वर्षको भूकम्पपछि केही समय रोकिएको सडक अहिले धमाधम पुनःनिर्माण भइरहेको छ । यसअघि विकास र सहकार्यका लागि स्विस नियोग ९एसडिसी० कार्यक्रमअन्तर्गत रामपुरबाट प्राप्चासम्मको खडक विस्तार भएको थियो ।

सडकबीचको विभिन्न खोलामा पहिरोको अवरोधबाट गाडी चल्न नसक्दा स्थानीय जनताले खच्चरसमेतको प्रयोग गरी बालुवा बोक्नेजस्ता काम गरिरहेका छन् ।

स्विस सरकारको अनुदान र स्थानीय सरकारको सहकार्यमा सञ्चालित स्थानीय सडक पुल परियोजना ९एलआरबिपी० कार्यक्रमले यो सडकखण्ड सन् २०१८ सम्म पूरा गर्ने लक्ष्य लिएको छ । सडक निर्माणमा मानव स्रोतमात्र लगाई जनसहभागिता र आयआर्जनमा वृद्धि गर्ने यसको लक्ष्य देखिन्छ । यसमा ब्लास्टिङ नगरिने, डोजर, स्काभेटरजस्ता आधुनिक मेसिन प्रयोग नगरी कुटो, कोदालो, गैती, बेल्चाजस्ता सामग्री मात्र प्रयोग गरिन्छ । यो परियोजनाको नीतिअनुसार एउटा समूहमा १५ देखि २५ जना कामदार हुन्छन् । यस्ता समूह ४५ वटा छन् ।

जिल्लाको क्षेत्र नं १ का सांसद यज्ञराज सुनुवार दुई वर्षभित्र जिल्लालाई सबै गाविसमा सडक सञ्जाल जोड्ने लक्ष्य लिइएको बताउनुहुन्छ । एलआरआइसी कार्यक्रमअन्तर्गतका सडक विस्तारमा डोजरभन्दा जनताका हात बलियो देखिएको उहाँको भनाइ छ । नेकपा ९एमाले० केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँले भन्नुभयो – “पूर्वाञ्चलको कर्णाली मानिने ओखलढुङ्गामा यस्ता कार्यक्रमले गरिबी निवारण र आयआर्जनमा प्रत्यक्ष लाभ दिइरहेको छ । म जनसहभागिताको प्रशंसा गर्न चाहन्छु ।”

हर्कपुर–प्राप्चा–श्रीचौर सडक उपभोक्ता समितिका अध्यक्ष दयाराम सुनुवार जनश्रमको नमुनाका रुपमा सडक विस्तार कार्यक्रम सञ्चालन भएकाले यसमा सबैको उत्साहजनक सहभागिता रहेको बताउनुहुन्छ । उहाँले यसमा ३५ प्रतिशत महिलाको अनिवार्य सहभागिता हुने सर्तले पनि महिलाको उपस्थिति देखिएको जनाउनुभयो । परियोजनाले हालसम्म रु १६ करोड जनश्रम खर्चमा वितरण गरिसकेको छ ।

स्विस सरकारको आर्थिक तथा स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा जिल्लामा अन्य पाँच सडक तथा पुल निर्माण भइरहेका छन् । ओखलढुङ्गा–घोराखोरी–साँघुटार सडकअन्तर्गत सेरा खोला र पत्ताले खोला तथा फेदिखोला, ओखलढुङ्गा–निशङ्खे–रवुवा–खानीभञ्ज्याङ सडकअन्तर्गत ठोट्ने खोला र रामपुर–प्राप्चा–श्रीचौर सडकअन्तर्गत हर्कपुर र प्राप्चाको सिमानामा पर्ने खोलामा पनि यिनै समूहका कामदार सक्रिय छन् । परियोजनाले समय समयमा यी कामबारे सार्वजनिक परीक्षण पनि गर्दै आएको छ ।

करिब डेढ दशकको समय लगाएर माथिल्लो सगरमाथाको प्रवेश ढोका मानिने सुनकोसीमा पुल बनाइएपछि जिल्लामा सडक सञ्जाल विस्तारको क्रम बढेको हो । सडक विस्तार पूर्ण भई स्तरोन्नति भएमा एक सय किलोवाटको स्थानीय मोलुङ खोला कात्तिके लघुलजविद्युत् आयोजनाले पनि लाभ लिने देखिन्छ । रासस

LIVE TV