१० बैशाख २०७३, शुक्रबार

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले दक्षिणपन्थी संशोधनवादका विरुद्ध वैचारिक सङ्घर्ष चलाउँदै सच्चा क्रान्तिकारी कम्युनिस्टसहित माओवादी शक्तिलाई एकताबद्ध तुल्याउनु अहिलेको ऐतिहासिक कार्यभार रहेको बताउनुभएको छ ।

mohan-baiidhya-final-final

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस र लेनिनको जन्म दिवसका अवसरमा आज शुभकामना वक्तव्य जारी गर्दै उहाँले देशमा बढ्दै गएको हस्तक्षेप तथा सामन्तवर्गीय उत्पीडनका विरुद्ध नयाँ जनवादी क्रान्तिको तयारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विज्ञप्तिमा देशलाई अर्धसामन्ती र अर्ध÷नवऔपनिवेशिक अवस्थाबाट मुक्त तुल्याई नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादको उद्देश्य हासिल गर्नका लागि अनेकौँ जनआन्दोलन, सशस्त्र सङ्घर्ष र १० वर्षको महान् जनयुद्धका शृङ्खला पार गर्दै आएको उल्लेख छ ।

अध्यक्ष वैद्यले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ६६ वर्ष पुगेको यस ऐतिहासिक अवसरमा क्रान्तिको बाँकी कार्यभार सम्पन्न गर्ने पुनः प्रतिबद्धता जाहेर गर्दछाँै भन्नुभएको छ । रासस

LIVE TV