१० बैशाख २०७३, शुक्रबार

यो साताबाट दुई फिल्म ‘हाउ फन्नी’ र ‘‘बाटो मुनीको फुल २’’ दर्शकमाझ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसरमा पहिलो रीलीज हुने फिल्मको रुपमा पनि हाउ फन्नी र सिरीज फिल्म बाटो मुनीको फुल २ नै रहेका छन् । गत साता किङ खान शारुख खानको फिल्म फ्यान रीलीज गर्दा यो साता राम्रो बलिउड फिल्म भने हलहरुमा लाग्न सकेनन् । तर, लाल रङ्ग, नील बत्ति सन्नाट जस्ता साना बजेटका फिल्महरु भने प्रदर्शनमा आएका छन् ।

sara
नीलु डोल्मा निर्देशीत फिल्म ‘हाउ फन्नी’ यसै साता बाट दर्शक माझ प्रदर्शनमा आएको छ । फिल्मको कथाबस्तु फिमेल ओरीन्टेड कमेडी रहेको छ । केकी अधिकारी,प्रियंका कार्की र नीशा अधिकारी लीड रोलमा कमेडि अभिनय गरेका छन् । प्रदर्शनमा आउन केहि दिन अघि नै फिल्म ‘हाउ फन्नी’को प्रिमियर पनि गरीएको थियो । ‘हाउ फन्नी’फिल्मको प्रिमियरमा फिल्मकर्मी र कलाकारहरुले साथ दिएका थिए ।

how-funny-poster-1
‘हाउ फन्नी’फिल्मका निर्देशकको रुपमा नीलु डोल्मा शेर्पा रहेकी छिन् । फिल्मको कथा र कन्सेप्ट पनि निर्देशक शेर्पा कै रहेको छ । त्यस्तै फिल्मको स्क्रीप्ट सान बस्न्यातले लेखेका हुन् । कार्यकारी निर्माताको पुर्व मिस नेपाल माल्बिका सुब्बा रहेकी छिन् । बसन्त सापकोटा, सुरेश अधिकारी, शैलेश सिंह र शैलेन्द्र श्रेष्ठले फिल्मको संगीत भरेका छन् ।
कमेडि बेस रहेको फिल्म ‘हाउ फन्नी’मा केकी अधिकारी, प्रियंका कार्की, नीशा अधिकारीका साथै दयाहाङ राई,र अनुप बिक्रम शाही लगाएत पनि लीड रोलमै अभिनय रहेको छ ।
यसै साताबाट फिल्म‘बाटो मुनीको फुल २’पनि प्रदर्शनमा आएको छ । फिल्मले सामाजीक तितो सत्य बिषयलाई उठान गरेको छ । फिल्म जातिय छुवाछुत प्रथाको बिषयमा बनेको छ । बाटो मुनीको फुल फिल्मको सिक्वेल फिल्मको रुपमा ‘‘बाटो मुनीको फुल २’ फिल्मलाई यस कुमारले निर्माण गरेका हुन् । फिल्मको निर्देशक सुवर्ण थापा हुन् ।
फिल्मको कथाका साथै संगीत पनि निर्माता यस कुमारको नै रहेको छ । फिल्मको निर्माता यस कुमार लगाएतका निर्माण पक्षले फिल्म रीलीज पुर्वे फिल्मको प्रचार प्रसारलाई निकै गहीरीएर अगाडि बढाएका थिए ।

साथ,ै अन्तरजातिय बिबाह गरेका जोडिहरु मध्ये एक जोडिलाई लक्की ड्र मार्फत स्कुटि प्रदान गर्ने घोषणा पनि गरेका छन् । सामाजीक बिषय बस्तुलाई पर्दामा प्रस्तुत गर्ने फिल्मलाई दर्शकहरुले मन पराई दिने फिल्मका निर्माण पक्षले आशा आखेका छन् ।
मुख्य रुपमा जातीय बिभेदको कुरालाई लिएर निर्माण भएको फिल्म ‘बाटो मुनीको फुल २’मा यस कुमार, बाबु बोगटी, दीलीप रायमाझि,ऋचा शर्मा, अशिष्मा नकर्मी लगाएत कलाकारहरुको अभिनय रहेको छ ।

maxresdefault
यसै साता बाट हलिउड फिल्म (द हट्स म्यानःविन्टर्स वार) पनि प्रर्दनमा आएको छ । साथै बलिउड फिल्म लाल रङ्ग,नील बत्ति सन्नाट लगाएतका साना बजेटका फिल्महरु पनि प्रदर्शनमा आएका छन् ।

LIVE TV