९ बैशाख २०७३, बिहीबार

भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश मन्त्री सुस्मा स्वराजबीच भेटवार्ता भएको छ । भेटवार्ताकाक्रममा द्धिदेशीय सम्वन्ध र चासोकोवारेमा छलफल भएको बताईएको छ ।

DD

विहीबार विहान भएको कांग्रेस सभापति देउवा र भारतीय विदेश मन्त्री स्वराजबीचको भेटवार्तामा नेपाल र भारतबीचको सम्वन्धलाई थप परिष्कृत गर्ने बारेमा छलफल केन्द्रित भएको बताईएको छ । छलफलकाक्रममा देउवाले नेपालको राजनीतिक परिस्थिति र नेपालमा भारतीय लगानी भित्राउनेवारे स्वराजसंग धारणा राख्नुभएको थियो ।

भारतीय विदेश मन्त्री स्वराजले भारत नेपालको सदा हित चाहने भन्दै राजनीतिक जटिलताको चाँडै अन्त्य भई नेपाल समृद्धतर्फ अग्रसर हुनेमा आशा व्यक्त गर्नुभएको बताईएको छ ।

धर्मपत्नी आरजु देउवाको उपचारकोलागि नयाँ दिल्लीमा रहेका देउवाले विहीवारवाट राजनीतिक भेटघाटपनि सुरु गर्नुभएको छ । नेपालको ठूलो दल कांग्रेसको सभापति र संसदीय दलको नेतामा निर्वाचित भएपछि पहिलो विदेश भ्रमणकाक्रममा देउवाको भारत भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

देउवाले नितान्त पारिवारिक भ्रमण भनिएपनि भारतका शीर्षस्थ नेताहरुसंग भेटघाट हुने भएपनि यसको महत्पूर्ण राजनीतिक अर्थ रहेको जानकारहरु बताउँछन् ।

 

 

LIVE TV