९ बैशाख २०७३, बिहीबार

पूर्व राष्ट्रपति डा.रामवरण यादवले वहुमत जनताका प्रतिनिधिले समर्थन गरेको भएर आफुले नेपालको संविधानलाई ढोगेको वताउनुभएको छ ।

AAA

संविधानमा मधेसी जनताको भावना नसमेटिएकोमा आफुलाई अझैसम्म पनि चित्त दुखिरहेको समेत उहाँको गुनासो छ ।

विहीवार सञ्चारकर्मी जगत नेपालको पहिलो संसद वीपी महेन्द्र टकराव सार्वजनिकीकरण कार्यक्रममा पूर्व राष्टपति यादवले संविधान निर्माण गर्दा आफुलाई वेवास्ता गरेको आरोप समेत लगाउनुभयो ।

संविधान निर्माण गर्दा राष्ट्रिय सहमति हुनुपर्ने थियो तर प्रमुख दलका नेताहरुले राजनीतिक सहमति गरेकाले देशमा संक्रमण काल लम्विदै गएको यादवको जिकिर थियो ।

पूर्व राष्ट्रपति यादवले आफुले पहिले दलहरुलाई भन्ने गरेको कुरा प्रमाणित हुँदै गएको समेत स्मरण गराउनुभयो ।

पुस्तक सार्वजनिकीकरण कार्यक्रममा पुस्तकले उठान गर्न खोजेका विषयमा पूर्व सभामूखहरु सुवास नेम्वाङ, दमननाथ ढुङगना र प्राध्यापक लोकराज वरालले टिप्पणी गर्नुभएको थियो ।

LIVE TV