
फ्रिभिषा फ्रिटिकटको कार्यान्वयन नहुँदा वैदेशिक रोजगारीमा जानेहरु अझै महंगो शुल्क तिर्दै, कागलाई बेल पाक्यो हर्ष न विस्मातको अवस्था बन्यो
लामो समयदेखि विवादित बन्दै आएको फ्रि भिषा र फ्रि टिकटको कार्यान्वयन भएको छैन । घरबार नै धितो राखी फ्रि भिषा र फ्रि टिकटको नाममा बैदेशिक रोजगारीमा जाने क्रम भने अझै रोकिएको छैन । सरकारले न्युनतम लागत दश हजारमा जान पाउने भनिएपनि कामदारहरु महँगो शुल्क तिरेर जान बाध्य भएका छन ।
न्युनतम लागत दश हजार रुपैयाँमै खाडी मुलुक जान सकिने व्यवस्था भएपनि आम फ्रि भिषा र फ्रि टिकटको नीति कार्यान्वयन भने हुन सकेको छैन ।
फ्रि भिषा र फ्रि टिकट भनिए पनि म्यानपावर कम्पनीहरुले चर्का शुल्क उठाउन नछाडेपछि कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेजस्तै भएको छ । गरिबीको समस्याको भूमरीबाट उम्कन त्रृण गरेर भए पनि वैदेशिक रोजगारीमा जान हजारौँ युवाहरु तयार भएपछि म्यानपानवरहरुको मनोबल बढेको हो ।
पाँचथर घर भएका एक युवाले नाम नबताउने शर्तमा झापाको बिर्तामोडमा रहेको पाथीभरा ह्युमन रिर्सोसेस म्यानपावरबाट चर्काे शुल्कमा खाडी मुलुक कतार जान लागेको बताए ।
खाडी मुलुक जाने अधिकांश युवाहरु अझैपनि म्यानपावरलाई चर्काे शुल्क बुझाउन बाध्य भएको यो ज्वलन्त उदाहरण हो । न्युनतम लागत १० हजार भएपनि फ्रि भिषा र फ्रि टिकटको नीति कार्यान्वयन गराउँन नसक्दा आफुहरु बाध्य भएको उनको गुनासो छ ।
परिवारको भविश्यका लागि खाडी मुलुक जान लागिएको बताउने युवाहरु धेरै खर्च गर्नुपर्दा पक्कैपनि खुशी छैनन् । तर म्यानपावर र दलालहरुको फन्दाले भने झन बढी पिडा मात्र दिएको उनीहरुको दाबी छ ।
अघिल्लो सरकारले व्यवस्था गरेको फ्रि भिषा र फ्रि टिकटको व्यवस्था बाहिर हेर्दा केहि भएजस्तै देपखए पनि बास्तविकतामा कार्यन्वयन नै हुन सकेको पाइदैन । यसले गर्दा रोजगारीमा जानेहरु अझैपनि पिडित हुने र ठगिने क्रम रोकिएको छैन