९ बैशाख २०७३, बिहीबार

नेपालमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले सरकारले पुनर्निर्माणको अनुमति नदिए नेपालमाम आउने सहयोग विपद प्रभावित अन्य मुलुकतिर जानसक्ने चेतावनी दिएको छ ।

INGO MONEY

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले व्यक्तिगत घर पुनर्निर्माणमा एकद्वार प्रणाली लगाउँदै गैर सरकारी संस्थाहरुले  आफुखुशी घर बनाउन नपाउने निर्णय गरेपछि उनीहरुले यसमा असन्तुष्टि जनाएका छ्न् ।

भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि आइएनजिओहरुले आउँदो २ देखि ५ वर्षका लागि झण्डै २३ करोड अमेरिकी डलरको कार्यक्रमको तयारी गर्न जनाएको छ ।

आइएनजिओले गतवर्ष वैशाख १२ गतेको भूकम्प गएपछि पीडितलाई अस्थायी आवास निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानी र सरसफाइ तथा जीविकोपार्जनका लागि काम गरेका छन् । भूकम्प गएपछिको ६ महिनामा आइएनजिओहरुले २० करोड अमेरिकी डलर अर्थात २० अर्ब रुपैयाँ खर्च गरेका छन् ।

LIVE TV