९ बैशाख २०७३, बिहीबार

गत २४ घण्टाभित्र अफगानिस्तानमा सुरक्षाबल र आतङ्ककारीबीच भएको झडप, सेनाद्वारा गरिएको हवाई आक्रमणमा परी कम्तीमा ४१ आतङ्ककाररुी मारिएका छन् । यस हवाई कारबाही र झडपको क्रममा अन्य २३ जना सुरक्षा अधिकारीहरु घाइते भएका छन् । अफगान गृह मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ ।

af

गएको २४ घण्टामा अफगानिस्तानको ३४ वटा प्रान्तमध्ये १३ वटा प्रान्तहरुमा अफगान राष्ट्रिय सुरक्षा बल (एएनएसएफ) ले गरेको कारबाहीको क्रममा ती आतङ्ककारीहरु मारिएका हुन् । तर यस कारबाहीको क्रममा १० सरकारी सैनिक पनि सहिद भएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीमा मारिएका आतङ्ककारीहरुमा २१ जना इस्लामिक स्टेटस् (आइएस) का लडाकूहरु रहेका छन् । अफगानिस्ताको पूर्वी प्रान्त नान्गार्हारको आचिन जिल्लामा रहेको आइएसको तालिम केन्दलक्षित अफगान सैनिक र संयुक्त सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ११ आइएस लडाकू घाइते भएका पनि सो विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको क्रममा एएनएसएफले भारी मात्रा हातहतियार पनि कब्जामा लिएको बताइएको छ । तालिवानहरुले केही दिनयता आक्रात्मक आक्रमण बढाएका छन् । गत मङ्गलबारमध्य काबुलमा तालिवान आतङ्ककारीले गरेको एक आत्मघाती ट्रक आक्रमणमा ६४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३५० जना घाइते भएका थिए । रासस

 

 

LIVE TV