९ बैशाख २०७३, बिहीबार

भूकम्पले तहस नहस भएको काभ्रेमा पुननिर्माणको कामले अझ गति लिन सकेको छैन । काभ्रेमा मात्रै भूकम्पवाट ५० हजार घर पूर्ण रुपमा क्षति पुगेको छ ।   गत बर्षको वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पले काभ्रेमा मात्र करीब २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो ।

pidit

तर पुनर्निर्माणको कामले अझै गति नपाउँदा वास्तविक भूकम्प पीडितको जीवन कष्टकर बन्दै गएको छ । लामो समयसम्म सरकारको बाटो कुरेर बसेका यहाँका पीडित जनताले अब सरकारले पुनःनिर्माणका लागि दिने भनेको सहयोगप्रति विश्वास समेत लाग्न छोडेको बताए ।

भूकम्प पीडित जनतालाई गाँस,बास र कपासकै लागि समेत मुस्किल परेको छ । राजधानी सँगैको जिल्ला भएर पनि यहाँका पीडितहरुले उचित राहत र पुनर्निर्माणका लागि सहयोग पाउँन सकेका छैनन् । त्यसो त काभ्रे जिल्लामा मात्र विभिन्न गैरसरकारी संस्थाहरुले करिब ३ अर्ब ८० करोड रुपैयाँ भूकम्पको नाममा खर्च गरेका छन् । तर भूकम्प पीडित जनताले भने कुनै राहतको महसूस गर्न पाएका छैनन् ।

भूकम्प गएको एक बर्ष पूरा भएपनि अझैपनि खाना र बासमै संघर्ष गर्नुपर्दा ग्रामीण क्षेत्रका कृषकहरुलाई थप समस्या बढेको छ । सरकारले भूकम्प पीडित जनतालाई भुकम्प लगत्तै ठूलै आशा देखाएपनि यतिबेला भने ती सबै आशा निराशामा परिणत भएका छन् ।  भन्छन्–अब त देशमा सरकार छ भन्ने विश्वास पनि उड्न थालिसकेको छ ।

 

 

 

 

 

LIVE TV