९ बैशाख २०७३, बिहीबार

सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले मधेशी मोर्चालगायतको गठबन्धनले गर्ने आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने बताउनुभएको छ ।

ashok rai
पाँचथरको फिदिममा आज पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले अबको आन्दोलन सिंहदरबार केन्द्रित हुने र आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने उल्लेख गर्नुभयो ।

अबको आन्दोलन जनतालाई दुःख दिनेभन्दा पनि उनीहरुसँगै छलफल तथा अन्तक्र्रिया गरेर अगाडि बढाइने उहाँले बताउनुभयो ।

अहिले सरकारकै कारण आन्दोलन गर्नुपरेको बताउँदै उहाँले प्रमुख ठूला दल र सरकारले मुलुकलाई सङ्घर्षतर्फ धकेलिरहेको आरोप लगाउनुभयो । रासस

LIVE TV