९ बैशाख २०७३, बिहीबार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई दुई सुन्यले पराजित गरेको हो ।

man

म्यानचेस्टर युनाइटेडले खेलको चौथों मिनेटमै आत्मघाती गोलबाट अग्रता लिएको थियो । क्रिष्टल प्यालेसका डेमियन डेलानीले आत्मघाती गोल गरेपछि म्यानचेस्टर युनाइटेडले चौथो मिनेटमै अग्रता लिन सफल भएको हो ।

पहिलो हाफमा १–० ले अघि रहेको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा एक गोल ग¥यो । खेलको ५५ औं मिनेटमा माटिओ डार्मिएनले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई दुई शून्यको जित दिलाए ।

जितपछि म्यानेस्टर युनाइटेड ३४ खेलबाट ५९ अंक जोड्दै लिगको पाँचौ स्थानमा छ । यो जितसंगै युनाइटेडको च्याम्पियन्स लिग यात्राको सम्भावनाको आशा समेत जागेको छ ।  शीर्ष स्थानमा रहेको लिसेस्टर सिटी समान खेलबाट ७३ अंक छ ।

LIVE TV