
सामाजिक सञ्जाल, फेसबुकले अबदेखि म्यासेन्जरमा ग्रुप कल गर्ने नयाँ सुविधा थप गरेको छ ।
यो सुविधा अन्तर्गत एक पटकमा तपाइ बढिमा ५० जनासँग ग्रुप कल गर्न सक्नुहुन्छ ।
फेसबुकले यो ग्रुप कल सुविधा विश्वव्यापी रुपमा ल्याएको हो ।
यो फिचर आईओएस र एन्ड्रोइड डिभाइसका लागि उपलब्धछ, यदि तपाइ पनि यो फिचर प्रयोग गर्न चाहनुहुन्छ भने फेसबुक म्यासेन्जरलाइ अपडेट गर्नुपर्ने हुन्छ ।