९ बैशाख २०७३, बिहीबार

दक्षिणपश्चिमी मेक्सिकोमा अवस्थित एक तेल कारखानामा भएको भीषण विस्फोटनमा परी तीन कामदारको मृत्यु भएको छ ।

mexico-1wb_0

यस विस्फोटमा परी अन्य ३० जना घाइते भएका सरकारी र तेल कारखाना इनर्जी जाइन्ट पेमेस्का अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

भेराक्रुज राज्यका गभर्गर जभिएर डुआर्तेले मिलेनिओ टेलिभिजनलाई इनर्जी जाइन्ट पेमेस्का अधिकारीहरुका अनुसार सो विस्फोटनमा परी कारखानाका तीन कामदारको मृत्यु हुनुको साथै थप ३० घाइते भएका बताउनु भएको छ ।

यो एक भीषण विस्फोट भएको अधिकारीहरुले जानकारी दिएका छन् । अग्नी नियन्त्रकहरुको कैयौ घण्टाको प्रयासपछि सो पिस्फोटनपछिको आगलागी नियन्त्रणमा लिइएको जनाइएको छ । रासस ÷एएफपी

LIVE TV