९ बैशाख २०७३, बिहीबार

फिल्म ‘हाउ फन्नी’ को कुमारी हलमा बिशेष शो सम्पन्न भएको छ । बिशेष शो हेर्नका लागी कलाकारहरुले बाक्लो उपस्थिीती जनाएका थिए । फिल्मको बिशेष शोमा फिल्मकर्मी र कलाकारहरुले विभिन्न को भन्दा को कम ड्रेसमा उपस्थिती जनाएका थिए । फिल्मको टाइटलनै हाउ फन्नी रहेकोले फिल्म कमेडी रहेको छ ।

03
नीलु डोल्मा शेर्पा निर्देशीत फिल्म ‘हाउ फन्नी’ यहि शुक्रबार बाट दर्शकमाझ प्रदर्शनमा आउँदैछ । फिल्ममा निर्माता सहीत रहेकी नीलु शेर्पाकै कथा र कन्सेप्ट रहेको छ । कार्यकारी निर्माताको रुपमा पुर्व मिस नेपाल माल्बिका सुब्बा रहेकी छिन् ।

02
निर्देशक नीलु शेर्पाले फिल्मको कथाबस्तुलाइ फरक किसिमले प्रस्तुत गरेकी छिन् । फिल्ममा केकी अधिकारी,प्रियंका कार्की र नीशा अधिकारीले मुख्य भुमिकामा अभिनय गरेका छन् । फिल्म फिमेल ओरीन्टेढ कमेडि रहेको छ । केकी,प्रियंका र निशाले पुर्ण रुपमा कमेडि भुमिकामा अभिनय गरेका छन् । साथै फिल्ममा दयाहाङ राई र अनुप बिक्रम शाही पनि लीड रोलमै रहेका छन् ।

04
फिल्ममा शान बस्न्यातको स्क्रीप्ट रहेको छ । सुरेश अधिकारी, शैलेश सिंह, शैलेन्द्र श्रेष्ठ र बसन्त सापकोटाको संगीत रहेको छ ।

08

LIVE TV