९ बैशाख २०७३, बिहीबार

मधेसी दलले आन्दोलनमा विदेशीको समर्थन जुटाउन छलफल गर्दैछन् । आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुअघि उनीहरुले विदेशी कुटनीतिक नियोगका प्रतिनिधिसँग भेट्दै छन् ।

madheshi-morcha-leaders

कुटनीतिज्ञहरुसँग पछिल्लो अवस्थाबारे छलफल गर्न लागिएको संघी समाजवादी फारेमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।  यादवले भने,’नेपालको अहिलेको परिस्थितिबारे छलफल गर्ने गरी भेटघाट तय गरेका हौं।’ छलफलमा आफ्ना माग र आन्दोलनबारे कुटनीतिज्ञहरुलाई प्रस्ट पारिने मोर्चाका नेताहरुको भनाई रहेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा १९ चैतमा बसेको मोर्चाको बैठकले ६ वैशाखमा अन्तक्रिर्या कार्यक्रम गर्ने र ९ वैशाखमा विदेशी कुटनीतिक नियोगका प्रतिनिधिलाई भेट्ने निर्णय गरेको थियो ।

स्रोतका अनुसार कूटनीतिज्ञसँगको छलफलपछि मात्रै मधेसी मोर्चा र संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । गठबन्धनले संविधानप्रति असहमति जनाउँदै अर्को साता देखि आन्दोलनको कार्यक्रम तय गरेको छ ।

 

LIVE TV