८ बैशाख २०७३, बुधबार

सुशासनको नारा लगाएर सरकार थाकेको छैन बरु सरकारकै निकायहरुमा हुने गरेको ढिलासुस्ती र कर्मचारी प्रशासनको व्यवहारबाट आम नागरिक हैरान् छन् । सरकारी काम कस्तो हुन्छ ? अनि कर्मचारी कस्ता छन् ? भन्ने उदाहरण हेर्न धेरै टाढा जानुपर्दैन । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा पुग्ने वित्तिकै थाहा हुन्छ ।

yatat

यी आकाश खड्का,लाईसेन्स नबिकरण गर्न ललितपुरको एकान्तकुना स्थित यातायात व्यवस्था कार्यालय आएका हुन् । ३ महिना भईसक्यो उनी यसरी धाउन थालेको तर उनले अझै लाईसेन्स पाएका छैनन् । ५ पटक आउँदा पनि काम नभएपछि उनले आक्रोश पोखे ।

yata

यो दृष्य हेर्नुहोस् जहाँ सेवाग्राहीहरु निकै लामो र अब्यबस्थित लाईन बस्न बाध्य छन् । तर यहाँ लाइन व्यवस्थापन गरिदिने सुरक्षा गार्ड सम्म छैनन् । एकातिर बाहिर लामो लाईनमा बसेका सेवाग्राही कहिले पालो आउला भन्दै झ्यालमा कुरिरहेका थिए भने कोहि भने भित्रै गएर धमाधम लाईसेन्स लिईरहेका थिए ।

दलालका मान्छेलाई अर्को ढोकाबाट छिराउने र काम गर्ने गरिएको सेवाग्राहीहरूले आरोप लगाईरहेका थिए । लाईसेन्स नवीकरण शाखाको यो अव्यवस्थासँग हैरान भएका धेरैले यस्तै समस्या बताए ।

पटक पटक बोलाएर आउँदा पनि कहिल्यै काम नभएको भन्दै यी सेवाग्राही झोक्किएपछि कर्मचारीले हाकिमलाई भेट्न जानु भने । तर प्रमुख कहाँ भेट्न जाँदा कार्यालय समयभित्रै ढोकामा ताल्चा झुण्डिएको थियो । लाईसेन्स नबिकरण नहुँदा पटक पटक प्रहरीको कारवाही भोगेर हैरान सेवाग्राहीहरु लाईसेन्स नविकरण गर्न नपाएर निराश बनिरहेका थिए । लाईसेन्स बितरण प्रक्रियाको यो बेहालका विषयमा जिज्ञासा राख्दा कार्यालय कर्मचारीले यस्तो जवाफ दिए ।

यता सेवाग्राहीले लाईसेन्स खोजिरहन भन्दा तयार भएका लाइसेन्सबारेको जानकरी सहितको लिष्ट बाहिर टाँसिदिए लाइसेन्स बनिसकेको भए बस्ने र लिष्टमा नाम नभएकाहरु फर्किने अवस्था हुने सुझाव दिए । तर कर्मचारीले भने लिष्ट टाँस्दा झनै समस्या पर्ने उत्तर दिए । यातायात व्यवस्था कार्यालय बागमती अन्यको तुलनामा धेरै भीड हुनेमा पर्छ । यो कार्यालय अत्याधिक बदनाम कार्यालय पनि हो ।

त्यसैले यहाँ सेवा लिन आउने सेवाग्राहीले यो कार्यालयका कर्मचारीहरूलाई नसरापेको र गाली नगरेको सायदै छैनन् होला । हुन त राज्यका हरेक सरकारी कार्यालयको अवस्था यस्तै हो । तर सेवाग्राहीको भीड लाग्ने कार्यालयमा समेत विद्यमान लथालिङ्ग व्यवस्था र कर्मचारीहरुबाट भैरहने ढिलासुस्तीले सेवाग्राहीहरुले त दुख र सास्ती पाएका छन् नै राज्यको उपस्थिति समेत कमजोर देखिएको छ ।

सरकारको सुशासनको नारा व्यवहारमा लागू भएन

LIVE TV