८ बैशाख २०७३, बुधबार

युनेस्कोकी महानिर्देशक इरिना बोकोभाद्वारा बुद्धस्थल तिलौराकोटको उत्खनन बारे अवलोकन, उत्खननमा आवश्यक सहयोग युनेस्कोले गर्ने बोकोभाको प्रतिबद्धता

rrr

युनेस्कोकी महानिर्देशक ईरिना बोकोभाले बुधवार बुद्धस्थल कपिलवस्तुको तिलौराकोटको अवलोकन गरि उत्खननका उपलब्धिबारे जानकारी लिएकी छन् । उनले तिलौराकोटको अवलोकन गर्दै पछिल्लो पाँच बर्ष यता जापानीज ट्रस्ट ईन फन्ड (जेफीड) र युनेस्कोको सहयोगमा उत्खनन भैरहेका स्थानको अवलोकन समेत गरेकी थिईन् ।

महानिर्देशक बोकोभाले अवलोकन भ्रमणका क्रममा तिलौराकोटको पश्चिमीद्वार, उत्तरी सुरक्षा किल्ला पर्खाल, मध्यभाग, सेन्टरल वाल कम्प्लेक्स र पुर्वीद्वारमा गरिएको उत्खननबारे जानकारी लिएकी थिईन् ।

उनलाई उत्खननमा सहभागी भई टोलीमा मुख्य भुमिका निर्वाह गरेका बेलायतका डु्ह्याम बिश्व बिद्यालयका सह–उपकुलपति प्राध्यापक डाक्टर रबिन कनिङ्गघमले उत्खनन्का उपलब्धीबारे जानकारी दिएका थिए । उनले उत्खननका क्रममा भेटिएका पोष्ट होल, सेन्टर वाल कम्पलेक्समा भेटिएका भवनका संरचनाबारे जानकारी दिदै तिलौराकोट व्यवस्थित बस्ती सहितको राजधानी भएको हालसम्मको अनुसन्धानबाट खुल्न आएको जानकारी दिएका थिए ।

महानिर्देशक बोकोभा सहित युनेस्कोको १८ सदस्यीय टोलीले तिलौराकोटको अवलोकन गरेको थियो । अवलोकन भ्रमणमा लुम्बिनी बिकास कोषका पलदाधिकारीहरु र कपिलवस्तुकी प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरे लगायतको सहभागीता रहेको थियो ।

अवलोकन भ्रमणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै महानिर्देशक ईरिना बोकोभाले युनेस्कोको सहयोगमा गरिएको उत्खनन्ले महत्वपुर्ण उपलब्धी दिएको बताईन् । उनले युनेस्कोले उत्खनन्को कार्य जारी राख्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाईन् ।

 

 

LIVE TV