८ बैशाख २०७३, बुधबार

महिला फुटबलमा देखिएको विशाल गोल अन्तरको नतिजा लाजमर्दो पक्ष बन्दै , मोफसलका टोलीहरुलाई गोलको भारी बोकाउने प्रतियोतिगाको औचित्यमाथि नै प्रश्न

football women

दक्षिण एशियाली महिला फुटबल जगतमा नेपालको दम दमदार नै छ भन्दा अत्युक्ति नहोला । एउटा भारतलाई हराउन नसकेको तितो यर्थाथ हामीसंग भएपनि अन्य राष्ट्रसंग नेपालको तुलना हम्मेसी गरिदैन पनि । यही दम राख्ने नेपाली महिला फुटबल जगतमा मुलुक भित्रको यथार्थ हेर्ने हो भने पनि दक्षिण एशियाका नतिजाका कथा मिल्दा जुल्दा छन् नै । भनौ गोल अन्तरको विषयमा ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले महिला राष्ट्रिय लिग फुटबल जारी छ तर खेलको नतिजा सुन्ने हो भने दर्शकहरु मैदानमा उपस्थित भए खेल हेर्न पक्कै अल्छी मान्छन नै ।

महिला फुटबलमा हुँदै आएको यो नतिजाको विशाल अन्तर नौलो होइन , जहिले पनि यस्तै नतिजाले स्थान पाउदै आएको छ । विशेषत विभागीय टोलीहरुले मोफसलबाट आउने टोलीहरुमाथि निरीह बनेर गोलको भारी नै बोकाउदै आएको छ । लाजमर्दो यस्तो नतिजाको श्रृंखला यसपटक पनि जारी छ । बुधबार भएको खेलमा पनि सशस्त्र प्रहरीको एपीएफले सुदूरपश्चिलाई १४÷० को विशाल अन्तरले हरायो ।

आइतबार भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले मध्य पश्चिमलाई १३÷० ले पाखा लगायो । यस्तै एपीएपले नै पश्चिमाञ्चललाई १६÷० को विशाल अन्तरले हरायो । आखिरी विभागीय टिमको किन बर्बर दमन हुन्छ त महिला फुटबलमा ? स्वयम् राष्ट्रिय महिला लिगका अर्डिनेटरको प्रतिक्रिया यस्तो छ ।

यता गोलको भारी बोकेर नथाकेका खेलाडीहरु भने आफुहरुलाई निरन्तर अभ्यास र सुविधाको कमीले गर्दा राम्रो रिजल्ट दिन नसकेको बताउछन् ।

यी यस्ता गोल अन्तरलाई कम गर्न बास्तवमानै मोफलसका क्लवहरुलाई अभ्यास र उचित प्रोत्साहनको कमी हुनु प्रमुख कारण मान्न सकिन्छ । मोफसलका खेलाडीहरुलाई उचित प्रशिक्षण निदिई यस्ता प्रतियोगितामा गोल खानकै लागि उतारेर एन्फाले कस्तो विकासको अपेक्षा गरेको हो , प्रश्न पेचिलो छ ।

 

 

 

LIVE TV