८ बैशाख २०७३, बुधबार

सन् २०१५ को नोभेम्बरमा राजधानी पेरिसमा भएको आतंककारी आक्रमणपछि फ्रान्समा लगाउँदै आएको संकटलकाल लम्बिने भएको छ ।  आसन्न यूरोकप–२०१६ को सुरक्षाका लागि फ्रान्समा जारी संकटकाल थप दुई महिनाका लागि लम्ब्याउन लागेको हो ।

People pay their respect at La Carillon restaurant, one of the attack sites in Paris, November 15, 2015.    REUTERS/Benoit Tessier

बुधवार प्रधानमन्त्री म्यानुल भाल्सले देशको एक रेडियो मार्फत जारी संकटकाल यूरोकपको सुरक्षाका लागि बढाइएको प्रष्ट पारेका हुन् । फ्रान्स इन्फो रेडियोसँग प्रधानमन्त्री भाल्सले यति ठूलो समारोह सुरक्षित हुनुका साथै मानोरञ्जनात्मक हुनु जरुरी रहेको बताए ।

त्यसैले सुरक्षा स्थितिलाई मजबुत पार्नुपर्ने आवश्यकताबोध गरि संकटकाल थप गर्न लागेको उनले बताए । तर  संकटकाल दिर्घाकालीन भने नुहने उनले प्रष्ट पारे ।

हाल फ्रान्समा जारी संकटकालले त्यहाँको प्रहरी र सुरक्षा निकायलाई थप शक्ति दिएको छ  । तर यसको म्याद २६ मे, २०१६ सम्म तोकिएको छ । एक महिना लामो युरोकप प्रतियोगिता जुन १० देखि सुरु हुँदै छ ।

 

LIVE TV