८ बैशाख २०७३, बुधबार

काठमाडौं, प्रेसमिटको आयोजना गर्दै फिल्म ‘किन गरेँ माया’को निर्माण पक्षले फिल्मको गीत र अफिसियल ट्रेलर सार्वजनीक गरेका छन् । फिल्मको ट्रेलर सार्वजनीक कार्यक्रममा फिल्मका निर्माण पक्षलाई पत्रकारहरुले साथ दिएका थिए ।

vlcsnap-2016-04-20-15h57m49s775
‘किन गरेँ माया’फिल्मको निर्माताको रुपमा  हिरालाल घलान रहेका छन् । ‘किन गरेँ माया’ फिल्मले पछिल्लो नयाँ  पुस्ताको माया प्रेमलाई प्रस्तुत गर्नेछ । फिल्मको कथा र लेखन दिलकुमार प्यासिले गरेका हुन् । त्यस्तै बसन्त समपकोटा र महेश खड्काले संगीत दिएका छन् ।

vlcsnap-2016-04-20-15h58m24s227
ट्रेलर सार्वजनीक कार्यक्रममा राजेश पायल राई,दीपक लिम्बु,मनीषा पोखरेल लगाएतका गायक गायीकाहरुको स्वरमा रहेको फिल्मको गीत पनि रीलीज गरीयो । फिल्म ‘किन गरेँ माया’लाई काडमाडौं,सिधुपाल्चोक र काभ्रे पालन्चोकका बिशेष ठाउँहरुमा छायाङकन गरीएको छ ।

vlcsnap-2016-04-20-15h59m59s940
‘किन गरेँ माया’फिल्मका निर्माण पक्ष यहि जेष्ठको १४ गते बाट सम्पुर्ण दर्शकमाझ प्रदर्शनमा ल्याउने तयारीमा रहेका छन् । रमेश बोगटिले निर्देशन गरेका ‘किन गरेँ माया’फिल्ममा आयुष रेग्मी,सञ्जु सिलवाल,सुष्मा कार्की,रश्मी भट्ट,दिलकुमार प्यासि,सरु घलान,हरीश तिमल्सीना लगाएत कलाकारहरुको अभिनय रहेको छ ।

vlcsnap-2016-04-20-16h01m16s944
अभि फिल्मस्को व्यानरमा ‘किन गरेँ माया’लाई हिरालाल घलानले निर्माण गरेका हुन् । फिल्ममा  शंकर महर्जनको द्धन्द र मनोज हमाल र सुरेश पाण्डेले नृत्य निर्देशन गरेका छन् । फिल्मलाई एफडि कम्पनी (मोफसल) र गोपाल कायस्थले उपत्याका भित्र बितरण गर्नेछन् ।

vlcsnap-2016-04-20-16h02m00s023vlcsnap-2016-04-20-16h03m02s844

LIVE TV