८ बैशाख २०७३, बुधबार

महानगरिय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने भाडाका ट्याक्सिहरुलाई कारवाही तिव्र बनाएको छ ।
महानगरिय ट्राफिक प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दे मिटरमा जान नमान्ने सर्वसाधारणको गुनासो आएको भन्दै कारवाही प्रक्रिया अघि बढाईएको जनाएको हो ।

taxi

ट्राफिक महाशाखाको बिशेष अभियान अन्तर्गत बैशाख ७ गते काठमाडौ उपत्यकाका बिमानस्थल, अस्पताल लगाएतका स्थानमा जाच गर्दा मनपरी भाडा माग्ग्दै यात्रु ठगी गर्ने ३७ ट्याक्सिहरुलाई नियन्त्रणमा लिई कारवाही गरिएको जनाईएको छ । कारवाहीलाई महाशाखाले तिव्र रुपमा निरन्तरता दिने महाशाखा प्रमुख डिआईजी प्रकाश अर्यालले जानकारी दिनुभयो ।

महाशाखाले चोरी गरिएको मोटरसाईकल अनलाईनमार्फत बिक्रि गर्ने गिरोहलाई पनि पक्राउ गरि सार्वजनिक गरेको छ ।

LIVE TV