८ बैशाख २०७३, बुधबार

दर्शकहरुको रोजाईमा पर्न सफल लुट फिल्मको सिक्वेल फिल्म‘लुट २’ निर्माण हुने भएको छ । करीब पाँच वर्ष अघि लुट फिल्म प्रदर्शनमा आएको थियो । उक्त फिल्म सहित फिल्मको केही डाईलगहरु पनि अझैं चर्चामा रहेको छ । ‘लुट २’को छायाङकन साउन महीना देखी हुने फिल्मका निर्माता माधव वाग्लेले जानकारी दिएका हुन् । ‘लुट २’फिल्ममा पुरानै टिम दोहोरीनुका साथै केही नयाँ कलाकारहरु पनि थपिने निर्माता वाग्लेले बताए ।फिल्मलाई निश्चल बस्नेतले निर्देशन गर्नेछन् ।

Loot_2012
दर्शकहरुको आशालाई पुरा गर्न निकै कठिन हुने बताउँदै निर्माता वाग्लेले ‘लुट २’को स्क्रीप्टको काम भईरहेको बताउँछन् ।  ‘लुट २’ दयाहाङ राई, ऋचा शर्मा,सौगात मल्ल, शुसिल राज पाण्डे लगाएत कलाकारहरुको अभिनय रहने भएको छ । पछिल्लो समयमा बास्तबीक नेपाली कथाबस्तु रहेको फिल्महरुलाई दर्शकहरुको रोजाईमा परीरहेको छ । त्यस्तै दर्शकहरुको रोजाईमा पर्न सफल फिल्म लुटको पनि सिक्वेल फिल्म निर्माता वाग्लेले निर्माण गर्न लागेका हुन्।

LIVE TV