८ बैशाख २०७३, बुधबार

छैटौ बर्षको यात्रा पार गरेर हामीले सातौं वसन्तमा पाइला राखेका छौ । न्यूज २४ टेलिभिजनले आफ्नो यात्रा सुरु गर्दा गरेका प्रणप्रति आमनेपाली नागरिकले दर्शाउनु भएको माया र ममता हाम्रो यात्राका लागि सबैभन्दा ठूलो बुटी वन्यो । यसअवधिमा देश र दर्शकको विश्वास जित्ने धेरै काम गर्न सकेकाप्रति हामी गौरवान्वित छौ ।सञ्चार माध्यमको भूमिका र दायित्व पनि देशको बदलिदो परिस्थिति अनुरुप फराकिलो बनेको महसुस हामीले गरेका छौ । देशलाई दुख्दा मल्हमको खोजी ग¥यौ, जनताको आँखामा आँशु वग्दा पुछ्ने प्रयास ग¥यौ, मुलुकको स्वाधीनतामाथि अरुले आँखा लगाउँदा पहरेदारको भूमिका निभायौ । हामीलाई थाहा छ अझै धेरै गर्न बाँकी छ देश र जनताका खातिर ।त्यही भूमिका निभाउन हामी कहिले पनि बिचलित हुने छैनौ । बस, दर्शकको माया र ममता यसरी नै मिलिरहोस हाम्रो यात्रामा ।

11139350_1140954789268598_3198636558566774650_n

तपाईंहरु संग कुनै गुनासो सल्लाहा र सुझाब छन् ? कमेन्ट गर्नुहोस ! २४ सोसल मिडियामा आज तपाईंहरुले नै जनाएका प्रतिक्रियाहरु सल्लाहहरु र शुभकामनाहरु प्रसारण हुनेछन् ।

फेसबुकमा वा ट्वीटरमा यहि लिङ्कको तल कमेन्ट बक्समा गएर कमेन्ट गर्न  सक्नुहुन्छ ।

LIVE TV