८ बैशाख २०७३, बुधबार

साझा यातायातले थप ३० बस भदौ पहिलो साता ल्याउने भएको छ । अपांगमैत्री बस ल्याउन साझा सहकारी लिमिटेड र भारतीय अशोक लेल्यान्ड कम्पनीबीच चैत ११ मा सम्झौता भएको थियो ।

sajhabas
सम्झौताअनुसार प्रतितपत्र जारी गरेको १ सय २० दिनभित्र बस ल्याउने भनिएको छ । सम्झौता अनुसार भदौ ७ मा काठमाडौंमा युरोपेली स्टयान्डर्डका आकर्षक र ठूला ३० वटा सहरी बस आइपुग्नेछन् । साझाले २०७० वैशाख १ बाट राजधानीका ३ रूटमा बस सञ्चालन गर्दै आइरहेको छ । थप ३० बसका लागि महानगरपालिकाले १० करोड रुपैयाँ सेयर हालेको छ । अब खर्चको हिसाबमा सबैभन्दा बढी महानगरको ८६ दशमलव ५८ प्रतिशत सेयर हुनेछ ।

LIVE TV