८ बैशाख २०७३, बुधबार

छैटौ बर्षको यात्रा पार गरेर हामीले सातौं वसन्तमा पाइला राखेका छौ । न्यूज २४ टेलिभिजनले आफ्नो यात्रा सुरु गर्दा गरेका प्रणप्रति आमनेपाली नागरिकले दर्शाउनु भएको माया र ममता हाम्रो यात्राका लागि सबैभन्दा ठूलो बुटी वन्यो । यसअवधिमा देश र दर्शकको विश्वास जित्ने धेरै काम गर्न सकेकाप्रति हामी गौरवान्वित छौ ।

11139350_1140954789268598_3198636558566774650_n

सञ्चार माध्यमको भूमिका र दायित्व पनि देशको बदलिदो परिस्थिति अनुरुप फराकिलो बनेको महसुस हामीले गरेका छौ । देशलाई दुख्दा मल्हमको खोजी ग¥यौ, जनताको आँखामा आँशु वग्दा पुछ्ने प्रयास ग¥यौ, मुलुकको स्वाधीनतामाथि अरुले आँखा लगाउँदा पहरेदारको भूमिका निभायौ । हामीलाई थाहा छ अझै धेरै गर्न बाँकी छ देश र जनताका खातिर ।

त्यही भूमिका निभाउन हामी कहिले पनि बिचलित हुने छैनौ । बस, दर्शकको माया र ममता यसरी नै मिलिरहोस हाम्रो यात्रामा ।

LIVE TV