८ बैशाख २०७३, बुधबार

बेसीशहर: पूर्वी लमजुङको राईनास नगरपालिका–१ की पाँच बर्षीया बालिकामाथि बलात्कार भएको छ । स्थानीय ५२ बर्षीय कृष्णबहादुर नेपालीले घरमा कोही नभएको मौका छोपी उनलाई बलत्कार गरेका हुन् । उनले बालिकालाई चाऊचाऊ र बिस्कुट दिन्छु भनी फकाएर बलात्कार गरेको बालिकालाई उदृत गर्दै परिवारले जनाएको छ ।

raped

यसैबीच घटनमा संलग्न नेपालीले आफूले गल्ती गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । अभियुक्त नेपालीलाई सोमबार निजको घरबाटै नियन्त्रणमा लिई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय लमजुङ प्रहरी नायव उपरीक्षक शम्भु ढकालले जानकारी दिए ।

 

बालिका वलत्कार भएको परिवारले थाहा पाएपछि तत्काल प्रहरीलाई खवर गरेका थिए । प्रहरीमा उजुरी गर्न खोज्दा दोषी नेपालीले उल्टै पीडित परिवारलाई धम्क्याएको स्थानीयले बताएका छन् । पीडक नेपालीले यसअघि पनि गाउँमा उर्छङ्खल ब्यवहार गर्दै आएको स्थानीय बताउँछन् । – अन्नपुर्ण  पोष्ट बाट

 

LIVE TV