७ बैशाख २०७३, मंगलवार

युवराज कार्की – दक्षिण कोरिया, नारद भारतद्धाज श्रीलंका र डा. शिवमाया तुम्वाहम्फे इजरायलका लागि नेपाली राजदूतमा  यस्तै एमाओवादीको तर्फबाट लक्की शेर्पा अष्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् । पदम सुन्दास बहराइनका लागि राजदूतमा सिफारिस भएका छन् । निरन्जन थापा रसियाका लागि राजदूत सिफारिस भएका छन् । उनी राप्रपा नेपालका नेता हुन् ।चीनका लागि राजदूतमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे सिफारिस भएका छन् । युवनाथ लम्साल डेनमार्क, डा. खडग केसी जापान, भरतबहादुर रायमाझी यूएई, महेन्द्र सिंह कतार, खगेन्द्र बस्नेत बंगलादेश र अलिअख्तर मिकरानी सउदी अरेवियाका लागि राजदूत सिफारिस भएका छन् ।त्यस्तैगरी परराष्ट्रका ऋषि घिमिरे म्यानमार र तारा पोखरेल ब्राजिलका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् । बेलायतका लागि परराष्ट्रका दुवसु क्षेत्री, प्रकाश सुवेदी अष्ट्रिया, रमेश खनाल जर्मनी, झविन्द्र अर्याल इजिप्ट, सेवा लम्साल अधिकारी पाकिस्तान र लोकबहादुर थापा बेल्जियमका लागि राजदूत सिफारिस भएका छन् ।

LIVE TV