७ बैशाख २०७३, मंगलवार

सरकारले एकैपटक २१ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । त्यस्तै गरी संविधान घोषणा भएको दिनलाई राष्ट्रिय दिवसकोरुपमा मनाउने निर्णय पनि गरेको छ ।

pm off

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले लामो समयदेखि रिक्त रहेका मुलुकका लागि २१ जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । राजदूत नियुक्तिका लागि सिफारिसमा पर्नेहरुमा पूर्व परराष्ट्रमन्त्रीदेखि त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसम्मका परेका छन् ।

सरकारले पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । अष्ट्रेलियाका लागि लक्की शेर्पा, रसिया लागि पूर्वमन्त्री निरन्जन थापा, बेलायतका लागि दुर्गाबहादुर क्षेत्री सुवेदी, जर्मनीका लागि रमेश खनाललाई सिफारिश गरेको छ ।

त्यस्तै इजिप्टका लागि झविन्द्र अर्याल, बेल्जियमका लागि लोकबहादुर थापा, पाकिस्तानका लागि सेवा अधिकारी, अष्ट्रियाका लागि प्रकाश सुवेदी सिफारिस भएका छन् ।

सरकारले दक्षिण कोरियाका लागि युवराज कार्की, श्रीलंकका लागि नारदनाथ भारद्वाज, कतारका लागि त्रिविका प्राध्यापकसमेत रहेका डा. महेन्द्रबहादुर सिंह, डेनमार्कका लागि युगनाथ लम्साल, जापानका लागि खड्क केसी सिफारिश भएका छन् ।

बंगलादेशका लागि खगेन्द्र बस्नेत, युएईका लागि भरतवहादुर रायमाझी म्यानमारका लागि ऋषिराम अधिकारी, म्यानमार र ब्राजिलका लागि तारा प्रसाद उपाध्याय सिफारिसमा परेका छन् ।

मन्त्रिपरिषद् बैठकले संविधान घोषणा भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसकोरुपमा मनाउने निर्णय गरेको छ ।

सरकारले कर्मचारी युनियनको बैसाख १० लाई निर्धारित चुनाव स्थगित गर्दै जेठ १९ गतेलाई तय गरेको छ । मन्त्रिपरिषद् बैठकले निजामति प्रशासनतर्फका विभिन्न पदहरुमा सरुवा बढुवा पनि गरेको छ ।

 

LIVE TV