७ बैशाख २०७३, मंगलवार

मंगलबार नेपाल स्टक एक्सचेन्जमा ८२ करोड माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय १३ वटा कम्पनिको १९ लाख २७ हजार ४८ कित्ता शेयर ३ हजार ८ सय १९ पटक किनबेच हुँदा कुल ८२ करोड ३६ लाख ७१ हजार २५ रुपैँया बराबरको कारोबार भएको छ । नेप्से परिसूचक सामान्य २ दशमलव २१ अंकको वृद्धिसँगै १ हजार ४ सय ३० दशमलव ८१ अंकमा पुगेर मंगलबारको कारोबार भएको छ ।

nepse

कारोबार रकमका आधारमा भने सिटिजन बैँक अग्रस्थानमा रहेको छ जसको ८ करोड १८ लाख ६५ हजार ५७ रुपैँयाको कारोबार भएको छ । यस बैँकका लगानीकर्ताले ४.७४ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । त्यस्तै, नेपाल बैँक र नविल बैँकको ४ करोड माथिको कारोबार भएको छ भने ३ करोडमाथिको कारोबार गर्ने कम्पनिहरुमा सानिमा बैँक, नेशनल हाइड्रो, एभरेष्ट बैँक र एनआईसी एशिया छन् ।

स्टान्डर्ड चार्टड बैँक, इन्भेष्टमेन्ट बैँक र इन्भेष्टमेन्ट बैँकको प्रोमोटर शेयरको २ करोड माथिको कारोबार भएको छ । मंगलबार जलविद्युत्, वीमा, फाइनान्स र विकास बैँक समूहले बजार ओराल्दा होटल, अन्य र वाणिज्य बैँकले बजार सम्हालेका छन् । सबैभन्दा धेरै होटल समूह २१.९३ अंकले बढेको छ भने अन्य र वाणिज्य बैँक क्रमशः ५ दशमलव ८७ र ४ दशमलव ७१ अंकले उकालो लागेका छन् ।

सबैभन्दा धेरै जलविद्युत् समूह १४ दशमलव ३६ अंकले घटेको छ भने विमा, फाइनान्स र विकास बैँक क्रमशः १०, ३ दशमलव ८१ र ३ दशमलव १ अंकले घटेका छन् । उत्पादनमूलक समूह मंगलबार स्थिर रहेको छ ।

 

LIVE TV