७ बैशाख २०७३, मंगलवार

पूर्वमा लोकप्रिय बनेको सफारीले यात्रुहरुको मन जित्दै गर्दा यस्को उपस्थितिसंगै धेरै प्रश्नहरु पनि उब्जिएका छन् । रिक्साको विकल्प मात्र नभई धेरै सवारी साधनहरुकै विकल्पमा उभिएको सफारीमार्फत गरिने यात्रा धेरैका लागि सजिलो र खर्चमैत्री पनि मानिएको छ । तर न दर्ता नत लाइसेन्स , कानूनी दायरा भन्दा माथि उठेर भित्रिएका यी सफारीहरुले कुनै दिन कानूनी झन्झट ननित्याउला भने भन्न सकिन्न ।

Safari

एक डेढ बर्ष पहिला यहाँ टेम्पो तथा रिक्सावालाहरु यात्री ओसार पसार गर्ने गर्दथे तर अहिले दृष्य फेरिएको छ  । टेम्पो र रिक्सालाई विस्थापित गरेर सफारीको उपस्थिति जहाँ पनि छ्यास्छया्स्ती छ ।

वैदेशिक रोजगारीबाट फर्किएका हातहरु अहिले आफ्नै देशमा सवारी साधन चलाएर राम्रो रकम कमाई रहेका छन् । उपभोक्ताको रोजाईमा पर्दा सफारी चालकहरु दैनिक पन्ध्र सय देखि दुई हजार सम्म कमाउन सफल भएका छन् ।

घर भान्साको जिम्मेवारीबाट वाहिर निस्केर धरानमा महिला चालकहरुको हातमा पनि सफारी पुगेको छ । जस्ले उनीहरुको घर खर्च टार्न सहयोग पु¥याउदै गर्दा टेम्पो चालकहरुले भने अनावश्यकरुपमा दुःख दिन थालेको गुनासो पनि उनीहरुको छ ।

बातावरण मैत्री र छिटो छरितो भएकै कारण धरानमा करिव एक हजारको हाराहारीमा सफारीले आफ्नो उपस्थिति जनाइसकेको छ । उमेरको हद न तोकिएको र चालकहरुलाई ट्राफिक नियमको बारेमा पुर्ण ज्ञान नभएकै कारण सडक अस्तब्यस्त हुने गरेको बताउँछन् ट्राफिकका हबल्दार गणेश कार्की ।

धरानमा केही संख्यामा सफारीहरु दर्ता प्रक्रियामा प्रवेश गरेपनि अधिकांशले दर्ता गराएका छैनन भने चालकहरुसंग लाइसेन्स पनि छैन । अन्य तीन पांग्रेले कानूनी नियम मान्नु परेपनि सफारीलाई छुट दिनुले विसंगति निम्त्याउने निश्चित छ , त्यसैले पनि सफारीको सफर सुरक्षित बनाउने यस्लाई पनि  नियमको दायरमा ल्याउन जरुरी छ ।

 

 

 

 

LIVE TV