७ बैशाख २०७३, मंगलवार

नेपालका मुख्य राजमार्गमा धेरै दुर्घटना हुने भएकाले मुख्य सडकमा ट्रमा सेन्टर खोल्ने तयारी भइरहेको छ ।

:jf:Yo dGqL /fdhgd rf}w/L l;Gw'kfNrf]sl:yt af¥xla;]df …af¥xla;] k|fylds :jf:Yo s]Gb|sf] k'gMlgdf{0fÚ kl/of]hgf ;f]daf/ ;fj{hlgskl5 dGtJo JoQm ub}{ . tl:a/ M /Tg >]i7, /f;;

स्वास्थ्यमन्त्री रामजनम चौधरीले आज रासससँग कुरा गर्दै पूर्वपश्चिम राजमार्ग र अन्य मुख्य राजमार्गमा घाइते भई अकालमा मृत्यु हुने अवस्था रोक्नका लागि ट्रमा सेन्टर खोल्न लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो—‘‘नेपालको मेचीदेखि महाकालीसम्म पाँच छ स्थानमा र मुलुकका भित्री राजमार्गमा पनि धेरै दुर्घटनामा हुन्छ, घाइतेको उपचार गर्न काठमाडौँ, अथवा भारतसम्म पुग्नुपर्ने अवस्था छ, टाढासम्म उपचार गर्न कठिन भएकाले विभिन्न स्थानमा ट्रमा सेन्टर खोल्ने विषयमा गृहकार्य गरिरहेका छौँ ।’’

उहाँले सो विषयमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग सहित सम्बन्धित निकायसँग आफूले कुराकानी अगाडि बढाइसकेको जानकारी दिनुभयो ।  रासस

LIVE TV