
काठमाडौं, गायक दिपेन गुरुङकोे ‘प्रतिक’ गीती एल्बम सार्वजनीक गरीएको छ । गायक गुरुङको ‘प्रतिक’ दोस्रो एल्बम रहेको छ, यो भन्दा पहिले नै प्रतिबिम्ब एल्बम बजारमा ल्याईसकेको छन् । पप गायक नबिन के भट्टराईको प्रमुख आथित्यमा उक्त एल्बम बिमोचन गरीएको हो ।
एसियन म्युजिक कम्पनी बाट दिपेन गुरुङको ‘प्रतिक’ एल्बम निकालीएको हो । उक्त एल्बममा समाबेश गरीएको गीतहरुमा तिन वटा गीतहरुको म्युजिक भिडियो पनि एल्बम रीलीज पुर्व नै रीलीज गरीएको गायक गुरुङले बताए ।