७ बैशाख २०७३, मंगलवार

अर्थराज्य मन्त्री दामोदर भण्डारीले संविधान कार्यान्वयन गर्न सरकार दृढ रहेको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित ‘न्यू बालाजी फ्रुट चेम्बर’को उद्घाटन गर्दै राज्यमन्त्री भण्डारीले मुलुकमा नाकाबन्दी, मधेस आन्दोलन र भूकम्पजस्ता प्रतिकूलतालाई चिर्दै सरकार संविधान कार्यान्वयनका दिशामा अघि बढिरहेको जानकारी दिनुभयो ।“संविधान कार्यान्वयनको राष्ट्रिय कार्यभार पूरा गर्ने विषयमा हामी अघि बढ्दै छौँ,” उहाँले भन्नुभयो ।

a}t8Ll:yt kf6g gu/kflnsfsf] bf];|f] gu/ kl/ifbsf] pb3f6g sfo{qmddf af]Ng'x'b} cy{/fHodGqL bfdf]b/ e08f/L . tl:a/ M lagf]b l;+x lai6, /f;; a}t8L

सुदूरपश्चिम विकासको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै उहाँले पञ्चेश्वर र पश्चिम सेती परियोजना बने राष्ट्रिय अर्थतन्त्रमै महत्व राख्ने बताउनुभयो । “अब सुदूरपश्चिमको सम्भावनाको खोजी हुनुपर्छ,” उहाँले भन्नुभयो – “अबको यात्रा समृद्धि र विकासको यात्राका रुपमा अघि बढाउनु आवश्यक छ ।”

रु एक करोड ५० लाखको लागतमा निर्माण भई आजदेखि सुरु भएको शीतभण्डार सञ्चालनले सुदूरपश्चिमका किसानको जीवनमा परिवर्तन ल्याउने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावललको भनाइ छ । यहाँका चारजना व्यवसायीको लगानीमा सो शीतगृह सञ्चालनमा आएको हो । रासस

LIVE TV