७ बैशाख २०७३, मंगलवार

फिल्म क्षेत्रमा योगदान पुर्याउदै आएका बरिष्ठ १३ चलचित्रकर्मीहरुलाई चलचित्र बिकास बोर्डको पहलमा नेपाल सरकारले परिचय पत्र प्रदान गरेका छ । रातो परिचय पत्र भनीएको बिशिष्ट श्रेणिको परिचय पत्र प्राप्त गर्ने चलचित्रकर्र्मीहरुमा हरीप्रसाद रीमाल,नीर शाह, गेहेन्द्र प्रसाद धिमाल,भुवन चन्द,यादव खरेल,चेतन कार्की,बसुन्धरा भुषाल, किरण खरेल, लक्ष्मिनाथ शर्मा,सुकुन्तला गुरुङ शर्मा,सुभद्रा अधिकारी,मञ्जु कुमार श्रेष्ठ, र उद्धव पौडेल रहेका छन् । सञ्चार मन्त्रालयमा आयोजना भएको कार्यक्रममा सुचना तथा सञ्चार मन्त्री शेर धन राईले बरिष्ठताको आधारमा १३ चलचित्रकर्मीहरुलाई परिचयपत्र हस्तान्तरण गरेका हुन् ।

suraj-in1
पहिले पनि सेलीब्रेटि कार्ड बितरण गरीने चर्चा चले पनि यथार्थमा सम्भव भएको थिएन । सेलीब्रेटि कार्डलाई चलचित्रकर्मी परिचय पत्रको नाममा बितरण भएपछि उक्त चर्चा पनि साम्य भएको छ ।

suraj-in2
सञ्चार मन्त्रालयका सचिब दिनेश थपलीयाले कार्यक्रममा बोल्दै बितरण गरीएको परिचय पत्रलाई पहिलो चरण भएको बताए । तेस्तै, अर्को चरणमा नीलो परिचय पत्र अन्र्तगत बरीष्ठताको आधारमा परिचय पत्र प्रदान गरीनुका साथै अन्तमा हरीयो परीचय पत्र अन्तर्गतका सामान्य चलचित्रकर्मीहरुलाई परिचय पत्र बितरण गरीने पनि बताएका छन् ।

suraj-in3
चलचित्रकर्र्मीहरुले पाउने परिचय पत्रमा बिशिष्ट श्रेणि तथा रातो परिचय पत्रको लागि समयावधि नतोकीने तर अन्य नीलो र हरीयो परिचय पत्रको लागी भने समयावधि तोकीने बताइएको छ । साथै सचिब थपलीयाले फिल्म उद्योगलाई सन्चार मन्त्रीको तर्फबाट मन्त्री परिषदको बैठकमा प्रस्ताब लगि आधिकारीक रुपमा  सेवामुलक मनोरञ्जनको उद्योगको रुपमा स्थापित गराउनु पहिलो प्राथमीकता रहेको बताएका छन् ।

suraj-in4

LIVE TV