६ बैशाख २०७३, सोमबार

नेपालले जितेको हेर्ने रहर त कस्को थिएन होला र ? हरेक नेपाली यसको लामो प्रतीक्षामा थिए। श्निबार जित निकालेको भएपनि सोमबारको खेलमा समेत उस्तै आशा बोकेर नेपाली दर्शक कीर्तिपुर मैदान पुगेका थिए । भयो पनि त्यस्तै, नेपाली दर्शककले जे चिताएका थिए त्यहि भैदियो र नेपालले पूरै खेल आफ्नो पक्षमा पा¥यो । तर त्योसँगै नेपालका दर्शकमा अझ अपेक्षा बढेर आएको समेत उनीहरुले खुलरै राखे ।

vlcsnap-7859-08-03-20h18m14s232

नयाँ वर्षको शुरुवातमा नयाँ खुसीको सञ्त्रार भयो आम नेपालीमा जब नेपालले नामिबिया बिरुद्ध लगातार दोस्रो जित निकाल्यो । हत्केलाले घाम छेकर भएपनि बैशाखको टन्टलापुर घाममा दर्शकको मायाले नेपाली टोलीलाई हौसला प्रदान गरिरहे । उनीहरु आँखा नेपालले जितेको हेर्न लायलित भएको देखिन्थ्यो । आखिर नेपालले नेपाली दर्शकलाई घरेलु मैदानमा न्याय गर्न सफल भयो नै ।

vlcsnap-1679-08-08-12h47m50s108
अन्तिमा निकै प्रतिष्पर्धात्मक भएको खेलमा नेपालले केहि दबाबमा खेल्नुपर्यो । पारस र शरद बाहेका अन्य ब्याट्सम्यानको प्रदर्शन खासै सम्झनलायक नभएपछि नेपाली दर्शक के हुन्छ भन्ने अन्यौलमा समेत परे । तर २ बलमा १ रन चाहिएको बेला नेपालका खेलाडीले नामिबियाको लक्ष्य समेत पूरा गरेपछि नेपालीले बल्ल राहतको शास फेरे । अनि पुरै मैदान हुटिङमय भयो ।
vlcsnap-3131-06-09-03h13m51s253
नेपालले यस्तै खेल पस्किएको हेर्न मन हरेक दर्शकलाई भएको उनीहरुले बारम्बार प्रतिक्रिया व्यक्त गरिरहे । देशले पीडाको सामना गरिरहेको बेला खेलाडिको सुखद उपहार लामो समयसम्म टिकाइराख्न नेपाल सरकार र क्यानलाई उनीहरुले आगंह गर्न पनि पछि परेनन् । अझ आईसीसीको विश्वसनीयता कायम गर्न आएको चुनौतीलाई पनि सामना गर्न उनीहरुले ध्यानार्कषण गराए ।
vlcsnap-3884-12-11-15h13m53s197
पछिल्लो समय नेपाली मन मनमा लागेको घाउँमा मल्हम लगाएर राहतको शास फेर्न गरेको प्रयासले नेपाली खेलाडी धन्यवादको पात्र बन्न पुगे । सरकारको बेवास्ता वा विभिन्न विवादको जालोमा फसेपनि नेपाल र नेपाली दर्शकप्रति भने न्याय गरिरहन उनीहरुले देखाएको आशाले फेरी सबैलाई एक पटक झक्झकाएको छ ।

LIVE TV