६ बैशाख २०७३, सोमबार

फिल्म ‘बिरानो माया’ अफिसियल प्रोमो रीलीज भएको छ । ‘बिरानो माया’ फिल्म एक्शनको साथमा कमेडि र रोमान्स बेस रहेको निर्देशक एवं नायक माधव खरेलले बताए । सबै दर्शकहरको लागी मनोरञ्जनको खुराक बन्नुका साथै राम्रो मिहीनेत पनि गरेका बताएका छन् ।

काठमाडौंको एक प्रेसमिटमा फिल्मका अफीसियल प्रोमो रीलीज सँगै, प्रोमोे र गीत पनि प्रदर्शन गरीयो । फिल्मको प्रोमो निर्देशक मोहन निरौलाले रीलीज गरे । ‘बिरानो माया’फिल्मलाई माधव राज खरेलले निर्देशन गरेका हुन् । स्क्रीप्ट पनि निर्देशक खरेलकै रहेको छ । त्यस्तै फिल्मलाई सुनिल मानन्धरले बितरण गर्न लागेका हुन् ।

vlcsnap-2016-04-18-13h12m57s367
निर्माताको रुपमा साबीत्री अधिकारी र मिलन लामा रहेका छन् । अनिल बिरहीले संगीत दिएका हुन् । फिल्ममा ऋषिदेव भट्टराई, नम्रता सापकोटा, रोहीत रुम्बा, दीपासा बिसि, दिनेश डिसि,माधव खरेल लगाएत कलाकारहरुले अभिनय गरेका छन् । फिल्म यहि बैशाखको ३१ मा दर्शकमाझ प्रदर्शनमा आउदैछ ।

vlcsnap-2016-04-18-13h08m50s799vlcsnap-2016-04-18-13h11m44s927

LIVE TV