५ बैशाख २०७३, आईतवार

एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले मधेसी र जनजातिका मागलाई सम्बोधन गरिए मात्रै संविधान कार्यान्वयनमा सजिलो हुने बताएका छन् ।

pr

क्रान्तिकारी पत्रकार सङ्घ, दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले मधेसी, थारु र जनजातिको मागलाई सम्बोधन गर्न सरकारले छिटो संवाद थाल्नुपर्ने बताए ।

संविधान र सीमाङ्कनका विषयमा असन्तुष्टि जनाउँदै आएका पक्षको मागलाई सके जति सम्बोधन गरी संविधान कार्यान्वयनतर्फ लाग्नुपर्ने प्रवक्ता शर्माको भनाइ थियो ।

उनले भूकम्पपीडितले पुनर्वास नपाएको, पुनःनिर्माण प्राधिरकणले द्रुत गतिमा काम नगरेको, विकट क्षेत्रमा भोकमरी सिर्जना भए पनि त्यसतर्फ सरकारले ध्यान नदिएको भन्दै आलोचना गरे । रासस

 

LIVE TV