५ बैशाख २०७३, आईतवार

सरकारले महान्यायाधीवक्तामा अधिवक्ता हरि फुयाँललाई नियुक्त गरेको छ ।

hari

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधीवक्ताको पदमा फुयाँललाई आइतबार नियुक्ति गर्नु भएको हो । भारतको बेंगलोरस्थित ‘नेशनल ल स्कूल’ र बेलायतको ‘युनिभर्सिटी अफ एसेक्स’ बाट एलएलएम गरेका फुयाँल २५ वर्षदेखि कानूनी अभ्यास गर्दै आएका अधिवक्ता हुनुहुन्छ ।

मानवअधिकार कानून र फौजदारी न्याय प्रणालीबारे जानकार फुयाँलसँग संयुक्त राष्ट्रसंघमा काम गरेको अनुभव पनि छ । यस अघिका महान्यायाधीवक्ता हरिकृष्ण कार्कीलाई संवैधानिक परिषद्ले न्यायाधीशकोलागि सिफारिश गरेपछि उक्त पद रिक्त रहेको थियो ।

LIVE TV