५ बैशाख २०७३, आईतवार

प्रधानमन्त्री केपी ओलीले पुनः मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । आइतवार एक सदस्य थप गरेसँगै प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद अब ४१ सदस्यीय भएको छ ।

jayant_chand

प्रधानमन्त्री ओलीले राप्रपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दलाई वाणिज्य मन्त्रीमा नियुक्त गर्नुभएको हो । नव नियुक्त मन्त्री चन्दले राष्ट्रपति विद्या भण्डारीसमक्ष आइतवार नै सपथ लिनुभएको छ । राप्रपाको भागमा परेको यो मन्त्रालय श्रम तथा रोजगार मन्त्री दीपक बोहराले सम्हाल्दै आउँनुभएको थियो । नवनियुक्त मन्त्री चन्द समानुपातिकतर्फबाट सांसद हुनुहुन्छ ।

LIVE TV