५ बैशाख २०७३, आईतवार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँच बर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ ।

rail

देशभरिका सडक पूर्वाधार विकासको लागि पाँच वर्षमा कुल आठ सय सोह्र अर्व रुपैयाँ वजेट आवश्यक पर्ने बताइएको छ ।

आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले मन्त्रालयको पाँच वर्षे सडक पूर्वाधार नीति सार्वजनिक गर्नुभएको हो ।

मन्त्रालयले वार्षिक विनियोजनको अलवा पाँच वर्षमा पहिलो वर्ष १०५ अर्व, दोस्रो वर्ष १५० अर्व, तेस्रो वर्ष १७७ अर्व, चौथो वर्ष १८७ अर्व र पाँचौ वर्ष १९७ अर्व गरी कुल आठ सय सोह्र अर्व वजेट आवश्यक पर्ने जनाएको छ ।

काठमाण्डौलाई तराईसँग सिधै जोडने फस्ट ट्रयाकको लागि सरकारले चाँडै निर्णय गर्ने उपप्रधानमन्त्री गच्छदारले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री गच्छदारले सरकारले सडक यातायातलाई उच्च प्रथमिकता दिएकोले पाँच वर्षे रणनीतिक योजना सफल हुने दावी समेत गर्नुभयो ।

 

LIVE TV