५ बैशाख २०७३, आईतवार

नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसका अवसरमा नेविसङ्घ धुलाबारी क्याम्पसका नेता अनिश लुइँटेलले सङ्घको झन्डा र नेपालको संविधान सगरमाथा फहराउने भएका छन् ।

nn

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेविसङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले नेपाल र नेविसङ्घको झन्डा तथा नेपालको संविधान आरोही लुइँटेललाई हस्तान्तरण गर्दै नेविसङ्घको झन्डा आफ्नो प्रतिनिधिमार्फत विश्वको सर्वोकृष्ट चुचुरोमा पठाउन पाएकामा खुसी व्यक्त गरे । उनले भने, ‘युवाले मुलुकमा विकास चाहेकाले अब मुलुकमा आर्थिक क्रान्ति आवश्यक छ ।’

लुइँटेलले आफू सानैदेखि नेविसङ्घमा लागेको र अहिले सगरमाथा चढ्न जाँदा नेविसङ्घको झन्डा र नेपालको संविधानलाई लैजान लागेको जानकारी दिए । उनी १३ विदेशी टोलीसहित मङ्गलबार काठमाडौँबाट सगरमाथा जाँदैछन् । बाइस वर्षीय लुइँटेल पहिलो पटक सगरमाथाको आरोहण गर्दै छन् । उनले यसभन्दा पहिले अन्नपूर्ण, कञ्चनजङ्घा, आइल्यान्ड पिक लगायतको पदयात्रा गरिसकेका छन् । रासस

 

LIVE TV