५ बैशाख २०७३, आईतवार

अमेरिकाले २००१ सेप्टेम्बर ११ मा भएको आक्रमणका लागि आक्रमणमा आफूलाई दोषी ठहर्याएर सम्पत्ति जफत गर्ने कोशिस गर्यो भने त्यसअघि नै आफ्नो सबै सम्पत्ति बेचिदिने चेतावन साउदीले दिएको छ ।

pentagon

अमेरिकामा साउदी अरबको सम्पत्ति करिब ७ सय ५० अर्ब अमेरिकी डलर बराबर रहेको छ ।

साउदी अरबले कडा धम्की दिएपछि अमेरिकामा ओबामा प्रशासन संसदमा प्रस्ताव पारित हुनबाट रोक्ने कोशिशमा सक्रिय भएको छ ।
समाचार अनुसार अमेरिकी संसद सेप्टेम्बर ११ को आतंककारी आक्रमणलाई लिएर एक कानुन पास गर्ने तयारीमा जुटेको छ ।

अमेरिकी संसद् सेप्टेम्बर ११ को भीषण आक्रमणका पछाडि साउदी अरबलाई पनि दोषी ठहर गर्ने गरी यो कानुन पास हुन लागेको हो ।

अमेरिकी संसद्ले सेप्टेम्बर ११ को आक्रमण सम्बन्धी कानुन पास गरेमा अमेरिकामा रहेको आफ्नो अर्बौं डलर सम्पत्ति गुम्ने चिन्ता साउदी अरबलाई छ ।

 

 

 

LIVE TV