५ बैशाख २०७३, आईतवार

चर्चित फुटबल प्रतियोगीता इङ्गलिस प्रिमियर लिगको चर्चिच क्लव एस्टन भिल्ला सन् १९८७ पछि पहिलो पटक प्रिमियर लिगको रेलीगेशनमा परेको छ । एस्टनभिल्ला फुटबलको शीर्ष डिभिजन प्रिमियर लिगबाट रेलीगेशनमा परेको हो । भिल्ला दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा घटुवा भएको हो ।

astan

शनिबार राति भएको खेलमा म्यान्चेस्टर युनाईटेडसँग एक शुन्यले पराजित हुँदै भिल्ला दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा घटुवा भएको हो । भिल्ला विरुद्धको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले ३२ औं मिनेटमा निर्णायक गोल गरे ।

गएरातिनै भएको अर्को खेलमा सर्जियो अग्युरोको ह्याट्रिकको मदतमा म्यानचेष्टर सिटीले साविक विजेता चेल्सीमाथि शानदार जित हात पारेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तरर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३–० ले पराजित गरेको हो । जितसँगै म्यानचेस्टर सिटी लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । खेलको ३३ औं मिनेटमा गोल गर्दै अग्युरोले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक सून्यको अग्रता लिएको म्यानचेस्टर सिटीले दोस्रो हाफमा थप दुई गोल ग¥यो । खेलको ५४ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै म्यानचेस्टर सिटीको अग्रता दोब्बर पारे । यस्तै खेलको ७८ औं मिनेटमा चेल्सीका गोलकिपर थिवाउट कोर्टियसले सिटीका फर्ना्न्डिनोलाई फल गरेपछि रातो कार्ड खाँदै मैदान छोडेपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा उठाउँदै ८० औं मिनेटमा अग्युरोले गोल गर्दै ह्याट्रिक गर्दै सिटीलाई ३–० को जित दिलाए । जितपछि म्यानचेस्टर सिटी ३३ खेलबाट ६० अंकका साथ लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको आर्सनलको भने ५९ अंक छ र ऊ चौंथो स्थानमा छ ।

शनिबार राति सम्पन्न अन्य खेलहरुमा सण्डरल्याण्डले नर्वीच सिटीलाई तिन शुन्यले हराँउदा वाट्फोर्डले वेष्ट ब्रोमलाई एक शुँन्यले हरायो । यता न्युकासल युनाईटेडले स्वान्सी सिटीलाई तीन शुन्यले हराउदा  एभर्टन र साउथह्याम्पटनले भने एक एक गोलको बराबरी खेलेका छन् ।

 

 

 

 

 

LIVE TV